सिन्धुली – कमलामाई नगरपालिकाले रानीवास स्वास्थ्य चौकीलाई सुविधा सम्पन्न एम्बुलेन्स शुक्रवार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले रानिबास स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष तथा १४ नम्बर वडाका अध्यक्ष राजन न्यौपानेलाई “ख” वर्गको एम्बुलेन्सको चाबि हस्तान्तरण गर्नुभएको हो । नगरपालिकाले वडालाई बिनियोजन गरेको बजेटबाट एम्बुलेन्स खरिद गरेको हो । […]
प्रदेश
६८ औं प्रहरी दिवस: रेडक्रस सिन्धुलीलाई ६१ हजार ५५५ सहयोग
सिन्धुली – नेपाल प्रहरीले मंगलबार विशेष समारोहको आयोजना गरी देशभर ६८ औं प्रहरी दिवस मनाउँदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा नेपाल प्रहरिले हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा विशेष समारोह कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यता […]
समुदायमै पुगि कुमारी बैंक सिन्धुलीद्वारा सामाजिक सुरक्षा भत्ता बितरण
सिन्धुली – कमलामाई नगरपालिकाको कर्णाली उपनाम जस्तै भएको वडा नम्बर १२ मा स्थानीय स्तरमैं बैंक मार्फत आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । यस आर्थिक बर्ष देखी यस वडामा सामाजिक सुरक्षा भत्ता बितरणको जिम्मा पाएको कुमारी बैंक सिन्धुली शाखाले वडाका तीन स्थानलाई केन्द्र बनाई बाँझे, टंसार र बेसारेबेसीमा सामाजिक […]
शिद्ध प्रा.बि अधेरीका छात्रछात्रालाई सरसफाइ सामाग्री बितरण
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -६ स्थित शिद्ध प्राथमिक बिधालय अधेरी भञ्ज्याङमा अध्यनरत छात्रछात्रा लाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त बिधालयमा अध्ययनरत छात्रछात्रालाई उक्त सरसफाइ सामाग्री सहयोग स्वरुप बितरण गर्नुभएको बिधालय ब्यबस्थापन समितीका अध्यक्ष शेखर मिश्रले बताउनुभयो । आफ्नो ब्यक्तीगत […]
पुर्ण अपाङ्गता ब्यक्तिलाई घरमै पुगेर नागरिकता बितरण
सिन्धुली – जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ का पुर्ण अपाङ्गता भएका ५ जनालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले घरमै पुगेर नागरिकता प्रमाण-पत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर नागरिकता प्रमाण-पत्र बितरण गर्नुभएको हो । सुनकोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामकुमार श्रेष्ठको पहलमा प्रमुख जिल्ला […]