बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण सम्पन्न

सिन्धुली – बालमैत्री स्थानीय शासन सम्बन्धी जनप्रतिनिधिहरु संग एक दिने अभिमुखीकरण कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

कमलामाई नगरपालिका वडा नंं ६ लाई ०८० फागुन १५ सम्म बालमैत्री वडा घोषणा गर्न कमलामाई नगरपालिकाले लिएको लक्ष्य अनुसार कमलामाई नगरपालिका वडा नं. -६ का जनप्रतिनिधि, सरोकारवाला निकाय र बालमैत्री स्थानीय शासन समितिका सदस्यहरुको सहभागीतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापाको अध्यक्षता, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोख्रेलको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमको उद्घाटन भएको हो ।

उदघाटन सत्रको अवसरमा शुभकामना मन्तब्य राख्नुहुदै प्रमुख अतिथि कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोख्रेलले कमलामाई नगरपालिकाको योजना अनुसार पहिलो चरणमा कमलामाई नगरपालिकामा -३ वडाहरु वडा नं. ५,६ र ९ वडाहरुमा बालमैत्री वडा घोषणा गर्ने र त्यसको सिकाईको आधारमा अन्य वडालाई बालमैत्री वडा घोषणा गर्ने योजना रहेको जानकारी गराउनु भयो ।

कमलामाई नगरपालिकले बाल मैत्री स्थानीय शासन सम्बन्धि पालिका स्तरिय नितिहरु केही पारीत भई सकेको र केही मस्यौदा तयारीमा रहेकोले कमलामाई नगरपालिकालाई बाल मैत्री पालीका घोषणा गर्न सबै सरोकारवालाहरुलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

प्लान इन्टरनेशनल नेपाल र मानव तथा राष्टिय विकास समाज हेण्डस नेपालको सहयोग, कमलामाई नगरपालिका सिन्धुलीको समन्वय र कमलामाई नगरपालिका वडा नं. ६ को आयोजनामा अभिमुखिकरण संचालन भएको हो ।

अभिमुखीकरण लाई बाल अधिकारकर्मी के.आर. विजय र पंकज पौडेलले सहजीकरण गर्नु भएको थियो । कमलामाई नगरपालिका वडा नं. ६ को लक्ष्य अनुसार २०८० फागुन १५ गते भित्रमा बालमैत्री वडा घोषणा भएमा सिन्धुली जिल्लाको तेस्रो बाल मैत्रि वडा र कमलामाई नगरपालिकाको पहिलो बालमैत्री वडा घोषणा हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार १२:४१

प्रतिक्रिया दिनुहोस्