कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा सिन्धुलीका कार्की मनोनित

सिन्धुली-  नेपाली कांग्रेस केन्द्रीय लेखा समिति सदस्यमा सिन्धुलीका अनन्त कार्की सहित चार जनालाई नेपाली कांग्रेस केन्द्रिय समितीले सोमबार मनोनीत गरेको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समिति सदस्यमा सिन्धुलीका अनन्त कार्की लगायत धनुषाका दीलिप ढुंगाना,  अर्घाखाँचीका डा. डेविड बस्याल र मकवानपुरका रमेश नेपाललाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

मुख्यसचिव पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३९ तथा कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको सदस्य मनोनयन गरेका हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार ०९:३३

प्रतिक्रिया दिनुहोस्