रड प्रहार गरि सिन्धुलीमा छोराद्वारा बुबाको हत्या

सिन्धुली – सिन्धुलीमा आफ्नै छोराले बुवाको टाउँकोमा फलामको रड र चिर्पट प्रहार गरि हत्या गरेका छन । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर – १ शिखरडाँडाँका ३२ बर्षीय दावा घिसिङले आफ्नै बुवा ७२ बर्षीय बुद्धिमान घिसिङको टाउँमा फलामको रड प्रहार गरि हत्या गरेका हुन् ।

गए राती (बुधबार) बेलुका ८ः४५ बजेको समयमा छोराले रड प्रहार गर्दा बुवाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए । मृतकको शव पोष्मार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा राखिएको छ ।

बुवालाई रड प्रहार गर्ने दावा घिसिङ बेपत्ता भएकाले खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । आफ्नै छोराले बुवालाई फलामको रड प्रहार गर्नुको कारण भने पत्ता नलागेको र आबस्यक अनुसन्धान तथा खोजीकार्य भइरहेको प्रहरिले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार ०६:०८

प्रतिक्रिया दिनुहोस्