मङ्सिर ९ सिन्धुली – प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा उत्साह देखिएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीमा थप ७ हजार ३९ मतदाताले नामावली दर्ताका लागि निवेदन दिएका छन् । प्रतिनिधि सभाको कार्यकाल पुरा हुनुअगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा निर्वाचनको प्रयोजनका लागि अवधि तोकी […]
समाचार
जुनारको राजधानी तिनकन्यामा ‘जुनार मेला’ आयोजना गरिने
सिन्धुली – ‘जुनारको राजधानी’ भनेर चिनिने सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ तिनकन्यामा तीनदिने जुनार प्रवर्धन मेलाको आयोजना गरिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थानीय उत्पादन फल जुनारलाई थप पहिचान दिलाउने उद्देश्यसहित यहि मंसिर २३, २४ र २५ गते मेलाको आयोजना गर्ने तयारी थालिएको हो । जुनार उत्पादनमात्र नभई यसको व्यवसायीकरण, किसानको सीप अभिवृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष […]
हरिहरपुरगढीमा कार्यरत कर्मचारी निकालेको निर्णय उच्च अदालतद्वारा बदर
सिन्धुली – हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई जागिर बाट निकालेको निर्णयलाई उच्च अदालतले बदर गरेको छ । पालिकाको एम.एस.आइ अपरेटर पदमा कार्यरत मनोराज घिसिङ्गलाई पालिकाका अध्यक्ष वाइबाले भदौ २३ गते कार्यपालिकाको निर्णय अनुसार भनी जागिरबाट निकालेका थिए । उक्त निर्णय बिरुद्ध मनोराज घिसिङ्गले उच्च अदालत पाटनमा उजुरी दिएका थिए । उजुरी […]
महामन्त्रीको काउन्टरमा संस्थापनपक्षबाट प्रस्ताव आएको भए दुर्भाग्यपूर्ण हुन्छ: सिवाकोटी
काठमाडौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धी एउटा मात्रै प्रस्ताव पेश भएको दावी गरेका छन् । सामाजिक सञ्जालमा भिडियोमार्फत् धारणा सार्वजनिक गर्दै उनले मंगलबारको बैठकमा पेश भएको सहमहामन्त्री महेन्द्र यादवले राखेको प्रस्ताव व्यक्तिगत धारणा भएको बताएका हुन् । ‘नेपाली कांग्रेसका बैठकमा औपचारिक रूपमा महामन्त्रीले प्रस्तावहरू पेश गर्ने वैधानिक […]
बिपि राजमार्गमा कार दुर्घटना: एकै परिवारका एकको मृत्यु, दुई घाइते
सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका -६ चैनपुर स्थित बि.पी. राजमार्ग सडक खण्डमा कार दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । बिराटनगरबाट काठमाण्डौतर्फ जादै गरेको बा ७ च ७५५४ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४२ फिट तल खसी दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको […]








