सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छ । मृतक भारतको सितामडी भवदेपुर–११ का पंकजकुमार भगत हुन् । शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको एसपी सुवेदीले बताए । मृतकका माइला दाजु […]
समाचार

आन्दोलनरत सुनचाँदी व्यवसायीद्वारा राजनैतिक दलसमक्ष ज्ञापनपत्र पेश
सिन्धुली – आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकलाका सामग्रीमा विलासिता शुल्क र भ्याट लागू गरेको विरोधमा सिन्धुलीका सुनचाँदी व्यवसायी गएको जेष्ठ २९ गतेदेखी चरणबद्ध रुपमा आन्दोलनमा छन् । उनीहरूले विरोधस्वरूप सोमबार जिल्लाका विभिन्न राजनैतिक दलका कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका छन । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघं तथा नेपाल […]

मन्त्रिपरिषद्को निर्णय: सिन्धुलीका भूपाल बराल सचिवमा बढुवा
सिन्धुली – नेपाल सरकारका सहसचिव भूपाल बराल सचिवमा बढुवा हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले बराललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । प्रशासनतर्फका सहसचिव बराल वन तथा वातावरण मन्त्रालयमा कार्यरत थिए । यसअघि लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी नेतृत्वको बढुवा समितिले प्रशासनतर्फका तीन सहसचिवलाई बढुवाका निम्ति सिफारिस गरेको थियो । महालेखा […]

सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन्। त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’। अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ। शरीरका अङ्ग अचेत छन्। आँखा खुल्दैनन्। कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ। कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ। त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको। […]

एनसेल फाउन्डेसनद्वारा बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
बैशाख ३० सिन्धुली – जिल्लाको फिक्कल गाउँपालिका ३ स्थित प्रकाशोदय माध्यमिक विधालय खुरहरि खोलागाउँमा अध्यनरत विद्यार्थीलाई मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । एनसेल फाउन्डेसन नेपालको सहयोग तथा फिक्कल गाउँपालिका संगको समन्वयमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा अध्यनरत ३०० जना बिद्यार्थीलाई स्कुल ब्याग […]