सिन्धुली – गएको पौष ११ गते बिपि राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका १ देविस्थानमा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका तिनजना मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडाँैबाट रामेछापतर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२७ प १०८९ नम्बरको मोटरसाईकल र सिन्धुलीबाट काठमाडौतर्फ जाँदै गरेको प्रदेश २०४००१ प २५५२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना […]
समाचार
सिन्धुलीको कमला नदिमा एक व्यक्ति मृत फेला
सिन्धुली – सिन्धुलीको कमला नदिमा शुक्रवार डुबेर मृत अवस्थामा एक ब्यक्तिको लास फेला परेको छ । दुधौली नगरपालिका –६ लालभित्ती स्थित कमला खोलामा डुबेको अवस्थामा स्थानीयहरुले उक्त लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक दुधौली नगरपालिका –१ गिजिहानी बस्ने वर्ष ५३ का भिमनाथ अधिकारी रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । […]
नेपालमै सबैभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन बिपी राजमार्गमा
सिन्धुली । बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ । पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय वातावरण मैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो । १६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्ष अघिसम्म तीन ठाउँमा मात्रै थियो । अहिले झन्डै डेढ दर्जन […]
सिन्धुली फेस्टिबल पौष २७ बाट सिन्धुलीमाढीमा हुने
सिन्धुली : सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० आयोजना हुने भएको छ । आयोजक संस्था ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिले मंगलबार पत्रकार सम्मेलनमार्फत आगामी पौष २७ देखि माघ ७ गतेसम्म फुड फेस्टिबल -२०८० हुने जानकारी दिएको हो । “कृषी, ब्यापार, उद्योग […]
कुण्डेश्वर मा.वि बेसारेबेसीको ५६ औं बार्षिक उत्सब सम्पन्न
सिन्धुली – कमलामाइ नगरपालिका -१२ स्थित कुण्डेश्वर मा.वि बेसारेबेसीको ५६ औं बार्षिक उत्सब तथा अबिभावक दिवस सोमबार सम्पन्न भएको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा-अध्यक्ष भिम बहादुर गुर्मछानको अध्यक्षतामा बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । नगरप्रमुख पोखरेलले अभिभावक दिवसको अबसरमा शुभकामना ब्यक्त गर्दै बिद्यालयको सहजता, गुणस्तरियता […]








