सिन्धुली – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति सुशिल कोइरालाको आठौं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सिन्धुलीले शुक्रवार सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौकमा दीप प्रज्वलन गरेको छ ।
कोइरालाले अप्ठ्यारो समयमा संविधान जारी गरेर नेपाललाई नयाँ युगमा प्रवेश गराएको स्मरणमा दीप प्रज्वलन गरिएको नेविसंघ सिन्धुलीका सभापती भरत बि.कले जानकारी दिए । २०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो ।