सिन्धुलीमा ३५ बटुकको सामूहिक व्रतबन्ध

सिन्धुली – हिन्दू संस्कार अनुसारको कर्मकाण्ड पूरा गराउन सामान्य परिवारका मानिसलाई आजभोली खर्च धान्न समेत हम्मे हम्मे पर्न थालेको छ ।

सोही क्रममा जिल्लाको सुनकोसी गाउँपालिका-३ कालिमाटी स्थित श्रीकृष्ण प्रणामी मन्दिरको १०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी आयोजित श्री तारतम सागर १०८ पाठ परायण ज्ञान महायज्ञको अबसर पारेर स्थानिय ३५ बटुकको सामुहिक ब्रतबन्ध गरिएको छ ।

गएको फागुन तीन गतेबाट शुरु भएको श्री तारतम सागर १०८ पाठ परायण ज्ञान महायज्ञको अबसर पारेर आइतबार ३५ बटुकको सामुहिक ब्रतबन्ध र ९ किशोरीलाई सामुहिक गुन्योचोली प्रदान गरिएको हो ।

सामान्य परिवारका बटुकको कर्म चलाउनका लागि आयोजना गरिएको सामूहिक व्रतबन्ध तथा गुन्योचोली प्रदान कार्यक्रमले सर्वसाधारणका लागि सस्तो खर्चमा सन्तानको चुँडाकर्म गराउने अवसर बनेको स्थानिय बताउछन । 

सुनकोसी गाउँपालिका-३ झागाझोली कालिमाटी स्थित श्रीकृष्ण प्रणामी मन्दिरको १०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी फागुन ३ गतेदेखी श्री तारतम सागर १०८ पाठ परायण साप्ताहिक ज्ञान महायज्ञ संचालन भइरहेको छ ।

तारतम सागर १०८ पाठ परायण साप्ताहिक ज्ञान महायज्ञबाट संकलित दान दातब्यबाट जिर्ण अबस्थाको माटो ढुंगाले बनेको मन्दिरको पुनः निर्माण गरिने र मन्दिर सञ्चालनार्थ अक्षय कोष स्थापना गर्ने लक्ष आयोजक संस्थाले लिएको छ ।

महायज्ञको अबसर पारेर सामुहिक ब्रतबन्ध तथा गुन्योचोली सहित फागुन ७ गते प्रजातन्त्र दिवसको दिन रक्तदान, फागुन ८ गते आँखा शिबिर कार्यक्रम, अशक्त ७० बर्ष माथिका बृद्धबृद्धाहरुलाई लौरो बितरणको कार्यक्रम र अहिंसा प्रबर्तन साथै दुर्ब्यसन विरुद्ध सचेतना लगायतको सामाजिक कार्यक्रम समेत राखीएको आयोजकले जनाएको छ ।

ठूलो संख्यामा सन्त गुरुजन लगायत सुन्दरसाथ भक्तजनको उपस्थितिमा संचालन भइरहेको ऐतिहासिक बिशाल धार्मिक महोत्सवमा सम्पुर्णलाई उपस्थितीको लागी निमन्त्रणा गर्दछौं, ‘१०८ पाठ पारायण आयोजक मुल समारोह समितीका संयोजक खिल प्रसाद घिमिरेले अनुरोध गरे ।’

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ०४:२०

प्रतिक्रिया दिनुहोस्