काठमाडौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धी एउटा मात्रै प्रस्ताव पेश भएको दावी गरेका छन् । सामाजिक सञ्जालमा भिडियोमार्फत् धारणा सार्वजनिक गर्दै उनले मंगलबारको बैठकमा पेश भएको सहमहामन्त्री महेन्द्र यादवले राखेको प्रस्ताव व्यक्तिगत धारणा भएको बताएका हुन् । ‘नेपाली कांग्रेसका बैठकमा औपचारिक रूपमा महामन्त्रीले प्रस्तावहरू पेश गर्ने वैधानिक […]
समाचार
बिपि राजमार्गमा कार दुर्घटना: एकै परिवारका एकको मृत्यु, दुई घाइते
सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका -६ चैनपुर स्थित बि.पी. राजमार्ग सडक खण्डमा कार दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । बिराटनगरबाट काठमाण्डौतर्फ जादै गरेको बा ७ च ७५५४ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४२ फिट तल खसी दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको […]
१९ ठाउँमा डाइभर्सन बनाएर बीपी राजमार्ग संचालनमा
सिन्धुली – बाढीले क्षतिग्रस्त बीपी राजमार्ग १९ स्थानमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ट्रयाक खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएको थियो । शुक्रबार साँझसम्ममा नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको […]
पौडी खेल्ने क्रममा फिक्कलका १७ बर्षिय ढकालको मृत्यु
सिन्धुली – फिक्कल गाउँपालिका–४ खाङ्साङबेशीस्थित सुनकोशी नदि छेउको दहमामा डुबेर शुक्रबार मध्यान्ह एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिक्कल गाउँपालिका–४ खाङ्साङका अन्दाजी १७ वर्षीय शिखर ढकाल रहेको प्रहरीले जनाएको छ । ढकाल खाङसाङबेसी स्थित सुनकोशी नदीको किनारमा रहेको दहमा पौडी खल्ने क्रममा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका ढकालको गोताखोर टोलिले सोही दहमा […]
हातबाट माइक खोसेपछी भड्किएको सिन्धुली जेन–जी आन्दोलन (भिडियो सहित)
सिन्धुली – भदौ २३ र २४ को जेन–जी आन्दोलन । २३ भदौको बिहान शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन दिउँसोदेखि हिंसात्मक बन्यो । २४ भदौमा देशभरिका सरकारी कार्यालयहरू र प्रमुख दलका प्रमुख नेताहरूको निजी सम्पत्तिमा आगजनी सुरु भयो । प्रदर्शनका क्रममा देशभरबाट ७४ जनाले ज्यान गुमाए भने सरकारी र निजी सम्पत्तिमा आगजनी र लुटपाट हुँदा ठूलो क्षति भयो । राजधानी […]








