नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको निधन भएको पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १ बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । महोत्तरी ४ वर्षीया बालिका, गोरखामा ६५ र रूपन्देही ६८ गरी ३ जना महिलाको निधन भएको छ । त्यस्तै, झापाका […]
समाचार
सिन्धुलीमा प्रहरीको सर्च अप्रेसन :‘विप्लव’ का सात कार्यकर्ता पक्राउ
सिन्धुली । प्रधानाध्यापकको अपहरणमा संलग्न थप सातजनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । उनीहरू सबैजना सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्तवको नेकपामा आबद्ध रहेको खुलेको छ । उनीहरूलाई सदरमुकाम सिन्धुली ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ परेकाहरूको नामथर खुलाइएको छैन । सिन्धुली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले सिन्धुलीकै […]
शिक्षक अपहरणको आरोपमा चन्द समुहका ८ पक्राउ
सिन्धुली — शिक्षक अपहरणमा संलग्न भएको आरोपमा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका ८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिकाको महादेवडाँडाबाट पक्राउ गरी उनीहरुलाई प्रहरीले सोमबार बिहान सदरमुकाम ल्याएको हो । सात जना पुरुष आइतबार फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट र एक जना महिलालाई शनिबार दिउँसो तीनपाटन गाउँपालिका–८ लायोगाउँबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट […]
नेपालमा हालसम्मकै धेरै कोरोना सङ्क्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देभका विभिन्न जिल्लाका १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । यो अहिलेसम्मकै धेरै मृत्यु संख्या हो । हिजो र अस्ति नेपालमा १२/१२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई सय २१ […]
अबैध काठ धन्दामा प्रहरी र बन डिभिजनकै साथ
सिन्धुली । अबैध काठ निकासिमा बन डिभिजन कार्यालय र ईलाका प्रहरी कार्यालय कपिलाकोट मौन देखिएको छ । मरिण गाउँपालिका -३ का वडा अध्यक्ष बिमर्ष मोक्तान (प्रख्यात) को रोहबरमा अबैध रुपमा रहेको करिब दुई हजार क्युफिट काठ बिक्री गर्दा बन डिभिजन र प्रहरी कार्यालय दुबैले कुनै प्रतिक्रिया नदेखायको स्थनियको आरोप छ । मरिण गाउँपालिका -३ मथौलीका […]








