कोरोनाबाट २४ घण्टामा ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको निधन भएको पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १ बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

महोत्तरी ४ वर्षीया बालिका, गोरखामा ६५ र रूपन्देही ६८ गरी ३ जना महिलाको निधन भएको छ । त्यस्तै, झापाका ८६, रौतहतका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुषको पनिक कोरोनाबाट निधन भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा २ सय ९८ जनासहित देशभर थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । यसमध्ये २१ हजार ४१० जना निको भएका छन् भने १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार १६:४७

प्रतिक्रिया दिनुहोस्