अबैध काठ धन्दामा प्रहरी र बन डिभिजनकै साथ

सिन्धुली । अबैध काठ निकासिमा बन डिभिजन कार्यालय र ईलाका प्रहरी कार्यालय कपिलाकोट मौन देखिएको छ । मरिण गाउँपालिका -३ का वडा अध्यक्ष बिमर्ष मोक्तान (प्रख्यात) को रोहबरमा अबैध रुपमा रहेको करिब दुई हजार क्युफिट काठ बिक्री गर्दा बन डिभिजन र प्रहरी कार्यालय दुबैले कुनै प्रतिक्रिया नदेखायको स्थनियको आरोप छ ।

मरिण गाउँपालिका -३ मथौलीका स्थानिय कर्मसिंह थिङ्गका अनुसार वडा अध्यक्ष प्रख्यातले अनाधिकृत रुपमा काठ बिक्री गर्दै गरेको खबर समयमै ईलाका प्रहरी कार्यालयमा खबर भएको तर ईलाका प्रहरी कार्यालयको प्रमुख सहितको टोलि मरिणखोलाको पुलसम्म मात्रै आएर फर्किएको हो ।

अनाधिकृत काठ निकासिलाइ आश्रय दिनु त छदैछ उल्टै प्रहरी प्रमुखले स्थानिय एक ब्यक्तिलाइ कानमा एक झापड हानेको र अहिले उक्त ब्यक्ती कानको समस्याले उपचार गराइरहेको स्थानिय कर्मसिंह थिङ्गले बताए ।

स्थानियका अनुसार यसरी काठ बिक्री हुदैछ भनेर बुद्ध सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष समेत रहेका जितबहादुर मोक्तानले बन डिभिजन कार्यालयमा फोन गरेको तर बनपालेहरुलाइ समेत सो बनक्षेत्रमा छिर्न नदिएर काठ बिक्री गरिएको हो ।

उल्टै काठ बिक्रीवितरण हुदैछ भनेर खबर गर्ने सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष जितबहादुर मोक्तानलाइ स्थानिय एक एकल महिलाको प्रयोगमा अभद्र व्यबहारको झुठो आरोपमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलिमा थुनामा राखिएको छ ।

वडा अध्यक्ष आफै अबैध काठ बिक्री बितरणमा लागेको र उक्त गलत कार्यलाइ बन डिभिजन र ईलाका प्रहरी कार्यालय दुबैले आश्रय दिएको प्रती स्थानिय आक्रोशित बनेका छन । स्थानियले गलत कार्य गर्नेलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्ने र निर्दोषले उन्मुक्ति पाउनुपर्ने माग राख्दै जिल्ला बन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा माग राखेका छन ।

अबैध काठ धन्दाको कथा

जितवहादुर मोक्तान स्थानिय बुद्ध सामुदायिक बन उपभोक्ता समिति मथौलीका अध्यक्ष हुन् । उनको अध्यक्षको कार्यकाल नसकिदै वडा अध्यक्ष प्रख्यातले जवरजस्ती स्थानिय नारायण थिङ्गलाई सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष वनाए ।

तत्कालिन समयमा अत्यधिक बर्षाका कारण बुद्ध सामुदायिक बन उपभोक्ता समिति मथौलीको बनक्षेत्र भित्रमा सातधारा खण्ड अन्र्तगत पर्ने साङ्बाले–बखवर सडक निर्माण गर्दा सडक अवरुद्ध हुनेगरी साल तथा पुजातिका रुखहरु ढले ।

सडक आवतजावत गर्न स्थानियलाई वढि जोखिम हुनुका साथै कुशेश्वर मा.वि नक्कली जाने र आउने विधार्थीलाइ समेत त्रास हुन थालेपछी तत्कालिन सामुदायिक वनका अध्यक्ष भेषराज शारुमगरको संयोजकत्वमा जोखिमयुक्त रुखहरु ढालि सडकको किनारामा राख्ने निर्णय भयो ।

सोहि निर्णय अनुरुप जोखिमयुक्त २६ पुजाति र सालका रुखहरुलाई ढालि सामुदायिक बनको क्षेत्राधिकार भित्र पर्नेगरि सडकको किनारामा उक्त रुखहरुको व्यवस्थापन गरिएको तत्कालिन सामुदायिक वनका अध्यक्ष भेषराज शारुमगरले बताए ।

अध्यक्ष शारुमगरका अनुसार खतरायुक्त रुखहरुलाई वन ऐन नियम अनुसार जिल्ला डिभिजन बन कार्यालयमा कारबाहिको माग बमोजिम ढलेका र ढल्न खोजेका रुखलाई व्यवस्थापन गरिएको हो ।

व्यवस्थापन गरिएका रुखहरुलाई मरिण गाँउपालिका –३ का वडा अध्यक्ष बिमर्ष मोक्तान (प्रख्यात)ले आफ्नो खुशी निर्णय गराई सामुदायिक बनको अध्यक्ष समेत बनाएका नारायण थिङसंग मिलेमतो गरी उक्त काठ बिक्री गराएका स्थानिय कर्मसिंह थिङ्गले बताए ।

स्थानिय कर्मसिंह थिङ्गका अनुसार समितिले मानिरहेका सामुदायिक बनका अध्यक्ष जितवहादुर मोक्तानले उक्त काठ विक्रि गरेको थाहा भएको र जिल्ला बन कार्यालयमा उजुरी गरेपछी उनलाई स्थानिय एक एकल महिलालाई फकाएर आफुलाई अभद्र व्यवहार गरेको हो भनि झुटो आरोप लगाउन लगाई जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराईएको हो ।

अध्यक्ष जितबहादुर मोक्तानले सरोकार निकाय डिभिजन बन कार्यालय र ईलाका प्रहरी कार्यालय कपिलाकोटमा यसरी काठ अबैध रुपमा बिक्रीवितरण हुँदैछ भनेर खबर गरेपछी वडा अध्यक्ष प्रख्यात लगाएतको केही गलत प्रवृत्तिका ब्यक्तिले मोक्तानको घर घेर्न गएको र धम्की दिएको मोक्तानले बताए । मोक्तानले प्रहरी कार्यालय र बन डिभिजन कार्यालय दुबैले वडा अध्यक्षले गरेको अबैध धन्दामा साथ दिएको उल्लेख गरे ।

यता अभद्र व्यबहार गरेको भनी जिल्ला प्रहरि कार्यालयमा उजुरी दिएकी स्थानिय एकल महिला लुकुमाया श्रेष्ठले अंकपत्रसंग भनिन्– ‘मलाई त्यस्तो कुनै अभद्र व्यवहार जितवहादुर मोक्तानबाट भएको छैन ।’ मलाइ अरु कसैले यस्तो भयो भनी भन्न लगाए र मैले त्यही अनुसार जिल्लामा गएर निबेदन दिएकि हु ।

अधिवक्ता प्रेमचन्द्र दाहालले ठगिको मुद्धामा यथेष्ट प्रमाण नपु¥याई पक्राउ गर्न नमिल्ने हुँदा राजनितिक प्रतिशोधका कारण यसलाई केहि समय थुनामा राख्दिउ भन्ने मनसायले गलत आरोप लगाई जितवहादुर मोक्तानलाई थुनामा राखिएको हुनसक्ने बताए ।

अधिबक्ता दाहालका अनुसार अभद्र व्यवहार गरेको आरोपमा सिडियो कार्यालयबाट अन्तिम छिनोफानो नभई मुद्धा दर्ता भएको मितिले २५ दिनसम्म जिल्ला प्रहरि कार्यालयमा आरोपित व्यक्तिलाई राख्न सकिने कानुनि व्यवस्था छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार ०९:१८

प्रतिक्रिया दिनुहोस्