नेपालमा हालसम्मकै धेरै कोरोना सङ्क्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देभका विभिन्न जिल्लाका १४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । यो अहिलेसम्मकै धेरै मृत्यु संख्या हो ।

हिजो र अस्ति नेपालमा १२/१२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई सय २१ पुगेको छ ।

आज ४ जना महिला र १० जना पुरुष गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आज मृत्यु हुनेमा महोत्तरीका ३ जना, सुरनसरी र रुपन्देहीका २/२ जना रहेका छन् । यस्तै, बारा, रौतहट, काठमाडौं, मोरङ, ललितपुर, भक्तपुर र नवलपरासीका एक एक जनाको मृत्यु भएको छ ।

आज नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सुनसरीका ७४ वर्षिया, बाराका ४७, महोत्तरीका ६२ र काठमाडौंका ७२ वर्षिया सङ्क्रमित महिलाको मृत्यु भएको जानकारी दिनुभएको हो ।

त्यसैगरी, सुनसरीका ६० वर्षिय, मोरङका ६२ वर्षका, महोत्तरीका ७० र ३५ वर्षका, रौतहतका ३० वर्षिय, ललितपुरका २९ वर्षका, भक्तपुरका ६५ वर्षका, नवलपरासीका ६२ वर्षिय र रुपन्देहरीका ५७ र ७६ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा १२ सय २१ ज्ना सङ्क्रमित थपिएका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७ १७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा कोरोना भाइरस (कोभिड (१९) को सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो ।

यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । सङ्क्रमितमध्ये २० हजार ८ सय २२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २६७ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लाका ३ सय ७२ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आजमात्रै ४ सय २९ सङ्क्रमित भेटिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये आज भक्तपुरका ४५ र ललितपुरका १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशका ७७ मध्ये अहिले ७५ जिल्लामा कोरोनाको सङ्क्रमण देखिएको छ । मुस्ताङ र हुम्ला सङ्क्रमण मुक्त रहेका छन् ।

पछिल्लो तथ्यांक अनुसार प्रदेश नम्बर एकको मोरङ, प्रदेश नम्बर दुईको धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पाँच सय भन्दा धेरै सङ्क्रमित रहेका छन् ।

बागमति प्रदेशको काठमाडौं, ललितपुर र चितवन अनि प्रदेश नम्बर ५ को रुपन्देहीमा पनि सङ्क्रमितको संख्या पाँच सय भन्दा धेरै रहेको छ ।

काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बन्दै

काठमाडौं उपत्यका अहिले कोरोना भाइरस सङ्क्रमणको मुख्य केन्द्र बनेको छ । सङ्क्रमितको संख्या करिब साढे ५ हजार पुगेको छ ।

भदौ ७ मा काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमित ३ हजार ९८ जना थिए । एक सातामा त्यो संख्या बढेर साढे ५ हजार पुगेको हो ।

उपत्यकामा भाइरस सङ्क्रमितमध्ये सबैभन्दा धेरै नक्साल क्षेत्रमा रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं महानगर १ मा पर्ने यस क्षेत्रमा शनिबारसम्म करिब ३ सय जनामा भाइरस पुष्टि भइसकेको छ ।

यस्तै वडा नं ३ मा पर्ने महाराजगन्ज क्षेत्रमा २ सयभन्दा बढी वडा नं ३२ मा पर्ने कोटेश्वरमा पनि संक्रमितको संख्या २ सय नाघिसकेको छ ।

उपत्यकाभित्र नयाँ बानेश्वर, कालिमाटी, कलंकी र बालाजु पनि सङ्क्रमितको संख्या उल्लेख्य छ । संक्रमण बस्ती बस्तीमै देखिएकाले भदौ ३ देखि निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञाका बिचमा पनि सङ्क्रमण घटेको छैन । अस्तिको तुलनामा हिजो सङ्क्रमितको संख्या आधाभन्दा बढी घटेको पनि आज फेरि बढेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आईतवार १८:१६

प्रतिक्रिया दिनुहोस्