२५ माघ, सिन्धुली । झापाबाट काठमाडौं जादै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी-खुर्कोट खण्डमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको ईभी गाडी शुक्रबार बिहान दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै […]
समाचार
कांग्रेस र माओवादीद्वारा फिक्कलमा सयुक्त सातबुदे ज्ञापनपत्र पेश
२० माघ, सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकाको केही समसामयिक सन्दर्भमा प्रष्ट हुन चाहेको र गम्भीर आपत्ती रहेको ठहर गर्दै नेपाली कांग्रेस फिक्कल गाउँपालिका कार्यसमिती र नेकपा माओवादी केन्द्र फिक्कलले आइतबार सयुक्त रुपमा सातबुदे ज्ञापनपत्र पालिकालाई बुझाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजनमगरलाई सयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको कांग्रेस फिक्कल गाउँपालिका कार्यसमिती सभापती रामबहादुर […]
‘एचपीभी’ खोप अभियानबारे सिन्धुलीमा अभिमुखिकरण सम्पन्न
१४ माघ, सिन्धुली । सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप नि:शुल्क दिने भएको छ । देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस विरुद्धको खोप दिन लागिएको हो । बालबालिकालाई दिइने (एचपीभी) विरुद्धको खोपबारे सोमबार कमलामाइ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानिय तह स्तरिय खोप समन्वय समिती, […]
सिन्धुलीमा माइक्रो बस दुर्घटना: १ जनाको मृत्यु, १२ जना घाइते
सिन्धुली – सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्री भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । गुप्ताको […]
सिन्धुलीमा झण्डै ४० हजारलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
सिन्धुली – भोलीबाट राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम शुरु हुँदैछ । यस कार्यक्रम अन्तर्गत पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । भिटामिन ‘ए’ ६ महीनादेखि माथि उमेर समुहकालाई खुवाइन्छ भने जुकाको औषधि एक वर्षदेखि पाँच वर्षमुनिकालाई खुवाउने गरिन्छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले कार्तिक २ र ३ गते आफ्ना बच्चाहरुलाई नजिकैको स्वास्थ्य संस्था […]








