२५ माघ, सिन्धुली । झापाबाट काठमाडौं जादै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी-खुर्कोट खण्डमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको ईभी गाडी शुक्रबार बिहान दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेहुनेमा मोरङ जिल्ला लेटाङ नगरपालिका २ बस्ने बर्ष ३४ का देबि लिम्बू रहेको छन उहाँको अँखा, टाउको र घाटिमा चोट लागेको छ । त्यस्तै मध्यम घाइते हुनेहरुमा इलाम देउमाइ नगरपालिका ८ बस्ने बर्ष ५३ का सनबहादुर तामाङ, काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने बर्ष २८ का संजय रोक्का रहेका छन ।
त्यस्तै काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने बर्ष २८ का श्वेता गिरि र झापा बार्हगढी नगरपालिका १ बस्ने बर्ष २७ का किस्कु मण्डल रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । गाडी सडकबाट झण्डै ३ सय मिटर तल खसेको जनाइएको छ ।









