कांग्रेस र माओवादीद्वारा फिक्कलमा सयुक्त सातबुदे ज्ञापनपत्र पेश

२० माघ, सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकाको केही समसामयिक सन्दर्भमा प्रष्ट हुन चाहेको र गम्भीर आपत्ती रहेको ठहर गर्दै नेपाली कांग्रेस फिक्कल गाउँपालिका कार्यसमिती र नेकपा माओवादी केन्द्र फिक्कलले आइतबार सयुक्त रुपमा सातबुदे ज्ञापनपत्र पालिकालाई बुझाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजनमगरलाई सयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको कांग्रेस फिक्कल गाउँपालिका कार्यसमिती सभापती रामबहादुर कार्कीले अंकपत्रलाई बताउनुभयो ।

सातबुदे ज्ञापनपत्रमा राष्ट्रपती रनिङ सिल्ड खेलकुद प्रतियोगिता लुटपाटमा संलग्न ब्यक्तीको अध्यक्षतामा कुनैपनि हालतमा संचालन हुन नसक्ने र उक्त बिषयमा गाउँपालिकाले तिनदिन भित्र निर्णय पुनर्बिचार गर्न समयसिमा दिइएको उल्लेख छ । साथै, गाउँपालिकाको आधिकारिक लोगो अंकित छाप दुरुपयोग भएको बारे स्पष्ट गराउन पत्रमा भनिएको छ ।

पार्टिको कार्यक्रम, श्रद्धाञ्जली सभा लगायतको कार्यक्रममा सरकारी सवारी साधनको अनधिकृत प्रयोग भएको जनाउदै आउने दिनमा यस्ता कार्य नरोकिए त्यसबाट उत्पन्न हुने परिणामको भागेदार स्वयं पालिका हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रको तेस्रो बुदामा पालिकामा संचालित हेफर इन्टरनेशनलको कार्यक्रमबारे प्रष्ट गराउनुपर्ने माग गरिएको छ । साथै गतबर्षातमा भएको बिनाशकारी बाढीपहिरो पछिको राहत तथा पुनर्निर्माण लगायत कार्यमा आजसम्म भएको खर्च विवरण ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

सयुक्त हस्ताक्षरित ज्ञापनपत्रमा बार्हबिसेमा सौजन्य: अनेरास्ववियु फिक्कल लेखिएको ट्र्याकसुट बितरण गरिएको त्यो पनि फिक्कल गाउँपालिकाका कर्मचारीको उपस्थितीमा भएकोबारे शिक्षा शाखा र गाउँपालिकाको आधिकारिक धारणा माग गरिएको छ ।

विभिन्न बिकास निर्माणको अनुगमन गर्ने अनुगमन समिती संयोजक र न्यायिक समितीको जिम्मेवारी हाल कसलाई दिइएको छ ? कि फरार अध्यक्षले नै अहिले पनि काम गरिरहेको हो ? स्पष्ट गराउन र लुटपाटमा संलग्न सरकारी सवारिको अबस्था र प्रयोगबारे स्पष्ट गराउन गाउँपालिका समक्ष सयुक्त रुपमा ज्ञापनपत्र पेश गरिएको फिक्कल कांग्रेस सभापती कार्कीले बताउनुभयो ।

बुदागत रुपमा बुझाइएको ज्ञापनपत्रको यथाशीघ्र तिनदिनभित्र आधिकारिक जवाफ पाउनुपर्ने माग सहित ज्ञापनपत्र बुझाइएको माओबादी केन्द्र फिक्कलका अध्यक्ष शुक्रबहादुर सुनुवार (प्रभात) ले बताउनुभयो ।

प्रकाशित मिति : २० माघ २०८१, आईतवार १०:११

प्रतिक्रिया दिनुहोस्