भैँसीको आक्रमणले सिन्धुलीमा एक जनाको मृत्यु

१ फाल्गुन, सिन्धुली । सुनकोशी गाउँपालिका- ३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।

घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार ०५:३६

प्रतिक्रिया दिनुहोस्