सिन्धुली उद्योग बाणिज्य संघमा श्रेष्ठ नेतृत्वको सयुक्त प्यानल बलियो

सिन्धुली – सिन्धुली उद्योग वाणिज्य संघको आगामी फागुन  २७ गते हुने १५ औं जिल्ला अधिवेशनका लागि अर्जुन कुमार श्रेष्ठको समूहले आफ्नो चुनावी प्रचारप्रसार तीब्र बनाउँदै घरदैलो अभियान संचालन गरिरहेको छ ।

श्रेष्ठको सयुक्त समूहले व्यवसायिक समुदायलाई बलियो बनाउन र उनीहरूको हितमा कार्य गर्न महत्वपूर्ण योजनाहरू प्रस्तुत गर्दै केन्द्रीय सत्ता गठवन्धन विपरित नेपाली काँग्रेस र माओवादी समर्थक व्यापारीहरुले गठवन्धन गरी संयुक्त प्यानल बनाएर चुनाबी प्रतिस्पर्धामा उत्रिएका हुन ।

अध्यक्ष अर्जुन कुमार श्रेष्ठको सयुक्त प्यानलका उम्मेदवारहरूमा बिरबल चौधरी वरिष्ठ उपाध्यक्ष, रामकुमार राज भण्डारि उपाध्यक्ष (बस्तुगत), बासुप्रसाद भेटवाल महासचिव, युवराज श्रेष्ठ (आकाश) उपमहासचिव, सृजना श्रेष्ठ सचिव (महिला) पदका उम्मेदवार छन् भने कार्यसमिति सदस्य पदका उम्मेदवारहरू रामचन्द्र पौडेल, रामकुमार बिस्वकर्मा, हिमेश श्रेष्ठ, संजय शाह र राजकुमार श्रेष्ठ रहेका छन् ।

पच्चीस पदमा नयाँ नेतृत्व चयन हुने भएपनी सोमबार उम्मेदवारी दर्ता प्रक्रियामा ३१ जनाले उम्मेदवारी दर्ता गराएकोमा १२ पदका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् भने बाकी १३ पदमा चुनाबी प्रक्रिया मार्फत प्रतिस्पर्धा हुने भएको हो ।

निर्बिरोध हुनेहरुमा रामभक्त श्रेष्ठ उपाध्यक्ष (उधोग), नवीन श्रेष्ठ उपाध्यक्ष (वाणिज्य), निता थापा उपाध्यक्ष (महिला), नरेन्द्र कर्माचार्य उपाध्यक्ष (शाखा), विष्णु कुमार श्रेष्ठ कोषाध्यक्ष, लालमन तामाङ सह-कोषाध्यक्ष, प्रकाश काफ्ले सचिव (उधोग), गोविन्द खडका सचिव (वाणिज्य) रहेका छन । यस्तै दिगम्बर चौधरी कार्यसमिती सदस्य (आजीवन), साह आलम साफी सदस्य (एशोसियट), शुशिला श्रेष्ठ सदस्य (महिला), ललिता न्यौपाने सदस्य (महिला) समेत निर्विरोध निर्वाचत भएका छन ।

व्यवसायीहरूको मनोबल र संघको सशक्तीकरणका लागि अध्यक्ष पदका प्रत्यासी अर्जुन कुमार श्रेष्ठले सिन्धुली उद्योग वाणिज्य संघलाई व्यवसायीहरूको साझा संस्था बनाउन र व्यवसायीहरूको मनोबल बढाउन आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् । हाल व्यवसायीहरूले भोगिरहेका समस्याहरू जस्तै घरभाडा, तलब, ब्याज र करको भारीलाई सम्बोधन गर्दै, श्रेष्ठले संघले यसका लागि ठोस कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

श्रेष्ठका अनुसार, कृषि, पर्यटन र अन्य उद्योग क्षेत्रमा मन्दी देखापरेको छ, जसले व्यवसायीहरूलाई थप चुनौतीहरू दिएको छ । संघको नेतृत्वमा यी चुनौतीहरूको समाधान गर्न श्रेष्ठले आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गरेका छन् ।

साथै श्रेष्ठले पूर्व अध्यक्षहरूको समर्थन प्राप्त गर्दै आफूले विजयी हुनेमा पूर्ण विश्वास व्यक्त गरेका छन् । श्रेष्ठले भने, ‘अग्रजहरूबाट प्राप्त समर्थनले हाम्रो समूहलाई थप सशक्त बनाएको छ, ‘यो नेतृत्वमा सिन्धुली उद्योग वाणिज्य संघ व्यवसायीहरूको साझा संस्था बन्ने र समुदायलाई आवश्यक सहयोग प्रदान गर्नेमा पूर्ण प्रतिबद्ध रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार १४:२७

प्रतिक्रिया दिनुहोस्