सिन्धुली – हिन्दूहरूको महान् पर्व बडादसैँ आज घटस्थापनासँगै सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको प्रारम्भ आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा कलश स्थापना र जमरा रोपण गरि घटस्थापना पर्व शुरु हुने गर्दछ । नवरात्रभर दुर्गाका नौ रूप (नवदुर्गा) को पूजा आराधना गरिने परम्परा छ । हरेक बर्ष कमलामाई […]
समाचार
सिन्धुलीका सीडीओले नै प्रशासनमा राख्न दिएनन राष्ट्रिय झण्डा
सिन्धुली – जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरेको थियो । राष्ट्रिय शोकमा आधा झण्डा झुकाउने निर्णय गृह मन्त्रालयले गरेको हो । तर गृहअन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यस कुरालाई बेवास्ता गरेको छ । प्रशासनले झण्डा त झुकाएन नै आन्दोलनका समयमा च्यातिएको झण्डासमेत कसैले राखेन । राष्ट्रिय शोकमा झण्डा नझुकाएपछि […]
सिन्धुलीमा पनि जेनजीको प्रदर्शन (तस्बिरहरु)
सिन्धुलीको लोकतान्त्रिक चौकमा पनि जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले आज प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेनजीले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जिल्लाको लोकतान्त्रिक चौकबाट दुई नम्बर बजार हुँदै जिल्ला प्रशासन कार्यालय अघिसम्म र्यालि आयोजना गरि पुनः लोकतान्त्रिक चौकमा पुगेर कोणसभा गरेको थियो । तस्बिरहरू:
प्रमुख प्रशासकिय नभएको मौकामा धमाधम सिफारिस र हस्ताक्षर
सिन्धुली – जिल्लाको हरिहरपुरगढी गाउँपालिका बेथिति र चरम लापरबाहीको नमुना गाउँपालिका बन्दै गएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारले मिति २०८२ भदौ २ गतेको निर्णय अनुसार हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा साबिकको गृह मन्त्रालय वा अन्तर्गतको निकायबाट अजम्बर राईलाइ सरुवा गर्यो । प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएपछी राई मिति २०८२ […]
यातायात व्यवसायी राष्ट्रिय महासंघ सिन्धुली अध्यक्षमा पुनः पहाडी
सिन्धुली – यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ जिल्ला समन्वय समिती सिन्धुलीको सातौं बार्षिक साधारण सभा तथा जिल्ला अधिबेशन बिहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । महासङ्घका जिल्ला संयोजक बद्रीप्रसाद पहाडिको अध्यक्षता तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय अध्यक्ष बिजय बहादुर स्वारको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । सम्पन्न अधिबेशनले पुनः […]








