ललितपुरको लुभुमा सिन्धुली गोलन्जोर -५ रतनचुरा निवासी एक युवकको शव पानीको इनारमा फालिएको अवस्थामा फेला परेको छ । बलराम हायुका छोरा अन्दाजी २८/२९ बर्षिया केशव हायुको शव इनार नजिकै भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने शिलसिलामा ललितपुरको एक कृषि फार्ममा केशव हायु बस्दै आएका थिए । प्रहरिका अनुसार उनको शव नजिकै रहेको इनारमा फेला परेको हो । हायुको हत्यापछि शव इनारमा फालिएको अबस्था भेटिएको प्रहरीले आशंका गरेको छ ।
बुधबार (पुस २) साँझ स्थानीयको सूचनाका आधारमा हायुको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । केही शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।









