सिन्धुली – सिन्धुलीमा शरिरमा पेट्रोलियम पदार्थ छर्केर आगो लगाएर आत्मदाह प्रयास गरेकी महिलाको मृत्यु भएको छ । हरिहरपुरगढी -४ महेन्द्रझ्याडी स्थायी घर भइ हाल कमलामाइ नगरपालिका -४ धुराफाटमा बसोबास गर्दै आइरहेकी ३२ बर्षिया सुशिला बम्जनले आइतबार साझ आफ्नै घरमा आत्मदाहको प्रयास गरेकी थिइन ।
शरिरमा आगो लागेको देखेर आगो निभाउने क्रममा उनका ससुरा दुर्गामान बम्जन घाइते भएका छन । घाइतेको प्राथमिक उपचार पश्चात् थप उपचारका लागी काठमाडौ रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ ।

मृतक सुशिला बम्जनले महेन्द्रझ्याडी निवासी सुर्य बम्जनसङ्ग बैबाहिक जिबनमा बाधिएकी थिइन । उनका श्रीमान सुर्य बम्जन हाल बैदेशिक रोजगारिको शिलसिलामा कोरियामा छन ।
शुसिलाले बिगत सात बर्ष अघि एकै पटक तीन सन्तानको जन्म दिएकी थिइन । दुई छोरा र एक छोरी एकैपटक जन्म दिएकी शुसिला हाल परिवार संगै धुराफाटमा बसोबास गर्थिन । घटना बारे थप अनुसान्धान प्रहरीले शुरु गरेको छ ।









