‘Facebook monetize सहकार्य’ ग्रुपको सक्रियता लोभलाग्दो

सिन्धुली — मेटा कम्पनीले नेपालका लागि फेसबुक मोनिटाइजेसन सेवा औपचारिक रूपमा खुलाएसँगै फेसबुकमा ‘कन्टेन्ट रेभिन्यू’ का लागि पछिल्लो समय धेरैले चासो दिएका छन् । 

यसअघि मेटाले ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र कमाई सुविधा उपलब्ध गराउँदै आएको थियो । तर गत अगस्ट ३१ देखि मेटाले ‘इन-स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता चरणबद्ध रूपमा हटायो र ‘फेसबुक कन्टेन्ट मोनेटाइजेसन’ सुरु गरेको हो ।

मेटाले फेसबुक कन्टेन्ट मोनेटाइजेसन शुरु गरेसङ्गै सामाजिक सञ्जाल प्रयोगकर्ताबिच आम्दानीका लागि योग्यता पुर्‍याउन एक-आपसमा सहकार्य गर्ने अभियान नै चलेको छ । यो अभियान विशेषगरी फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत सञ्चालनमा रहेको छ । 

यी त्यस्ता ग्रुप हुन्, जहाँ प्रयोगकर्ताले एक-अर्कालाई फलो गर्ने, पोस्टमा लाइक, कमेन्ट जस्ता इङ्गेजमेन्ट बढाउने र फेसबुकले तोकेका अन्य मापदण्ड पुरा गर्न सहयोग आदान प्रदान गर्छन् । यस्ता थुप्रै ग्रुपहरुमध्ये अहिले ‘Facebook monetize सहकार्य’ नामक एउटा फेसबुक ग्रुप निकै सक्रिय छ । उक्त ग्रुपमा अहिले एक लाख दुई हजार भन्दा बढी मेम्बर रहेका छन भने १३/१४ जना एडमिनको रुपमा छन ।

एक आपसमा सहकार्य गर्दै फेसबुकमा फलोवर्स बढाउन सक्रिय रहेको उक्त ग्रुप दामोदर न्यौपानेले परिकल्पना गरेका हुन । फेसबुक मोनिटाइजेसनको लागी अत्यन्त सक्रिय रहेको उक्त ग्रुपले सामाजिक संजाल प्रयोगकर्ता अत्यन्त सहयोग पुर्‍याउदै आएको उक्त ग्रुपका एडमिन प्रदिप गौतमले बताए । आगामी दिनमा यस ग्रुपलाइ अझ ब्यबस्थित र सक्रिय बनाउन साथ सहयोग तथा थप सल्लाह सुझाबको अपेक्षा गरिएको गौतमको भनाइ छ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, आईतवार ०८:५८

प्रतिक्रिया दिनुहोस्