सिन्धुली – जिल्लाको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाट हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेपछि प्रहरीले खोजतलास सुरु गरेको हो । सूचनाको आधारमा प्रहरी […]
समाचार

पत्रकारिताको धर्म समाजमा गलत भ्रम छर्नु होइन : प्रमुख राई
सिन्धुली – सिन्धुलीको खुर्काेटमा रहेको यातायात व्यवस्था कार्यालय अनियमितता र कानुनविहीन भएको भनी केही दिन अघि देखि विभिन्न सामाजिक संजाल र केही मिडियामा आएको समाचार प्रती यातायात व्यवस्था कार्यालय खुर्कोटको गम्भीर ध्यानाकर्षण भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ताराकिरण राईले अंकपत्र संगको कुराकानीमा बिनाआधार कार्यालयलाई बदनाम गराउने उदेश्यले मनगणन्ते हिसाबले कार्यालयको कुनै आधिकारिक जानकारी […]

सिन्धुलीमा सवारी दुर्घटना: दाजुको मृत्यु, भाइ गम्भीर घाइते
सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–६ शीतलपाटीस्थित बीपी राजमार्गमा मध्यरातमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मकवानपुर मनहरि गाउँपालिका–४ निवासी धर्मराज रेग्मीको मृत्यु भएको हो भने उनका भाइ नीरज रेग्मी गम्भीर घाइते भएका छन् । काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको बा. […]

सिन्धुलीको मधुगङ्गा मन्दिरमा दर्शन गर्न आएका एक पुरूषको हत्या
सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छ । मृतक भारतको सितामडी भवदेपुर–११ का पंकजकुमार भगत हुन् । शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको एसपी सुवेदीले बताए । मृतकका माइला दाजु […]

आन्दोलनरत सुनचाँदी व्यवसायीद्वारा राजनैतिक दलसमक्ष ज्ञापनपत्र पेश
सिन्धुली – आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकलाका सामग्रीमा विलासिता शुल्क र भ्याट लागू गरेको विरोधमा सिन्धुलीका सुनचाँदी व्यवसायी गएको जेष्ठ २९ गतेदेखी चरणबद्ध रुपमा आन्दोलनमा छन् । उनीहरूले विरोधस्वरूप सोमबार जिल्लाका विभिन्न राजनैतिक दलका कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका छन । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघं तथा नेपाल […]