सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हिरासतमा रहेका एक व्यक्तिको मृत्युको सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल र अनलाइन मिडियामा आएका भ्रामक तथा आधारहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक ध्यानाकर्षण पत्र जारी गर्दै प्रहरीले सुनकोशी गाउँपालिका–३ निवासी कृष्ण विकलाई अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको जनाएको थियो । उनलाई हिरासत कक्षको शौचालय […]
समाचार
सर्वोच्चद्वारा गगन नेतृत्व कांग्रेसको पक्षमा फैसला
काठमाडौ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्का माघ ४ […]
कमलामाई नगरपालिकामा खाजा समयमा पनि सेवा प्रवाह नरोकिने
सिन्धुली – यहाँको कमलामाई नगरपालिकाले आफ्ना कार्यालय तथा मातहतका सबै निकायहरूमा सेवाग्राहीलाई दिइने सेवा खाजा समयमा समेत अवरुद्ध नहुने गरी निरन्तर सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको जनाएको छ । नगरपालिकाद्वारा प्रकाशित प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीद्वारा हस्ताक्षरित सूचनामा सेवाग्राहीले कार्यालय समयमा जुन सुकै बेला सेवा लिन सक्ने वातावरण सुनिश्चित गरिएको उल्लेख गरिएको छ । […]
टाटासुमोको ठक्करबाट गोलन्जोरमा आठ बर्षिया बालकको मृत्यु
सिन्धुली – सिन्धुलीको गोलन्जोर -३ लमसोती ग्वाल्टारमा टाटासुमोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत ग्वाल्टार लमसोतीमा सुमोको ठक्करबाट स्थानीय ८ वर्षीय अभिक बयलकोटीको घटनास्थलमै मृत्यु भएको हो । मृतक बालकलाई ना १ ज ४६२३ नम्बरको टाटासुमोले ठक्कर दिएको थियो । बालक बयलकोटीलाई ठक्कर दिने सवारी चालक र सुमोलाई प्रहरिले नियन्त्रणमा लिएको […]
कार्यसम्पादन मुल्यांकनमा सिन्धुलीको कमलामाई पहिलो
सिन्धुली – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याकंनमा सिन्धुलीका ९ पालिकामध्ये कमलामाई नगरपालिका ७१ दशमलव ३४ अंक सहित जिल्लामा पहिलो स्थानमा रहेको छ भने ५१ दशमलव ७५ अंकसहित मरिण गाउँपालिका अन्तिम स्थानमा रहेको छ । आयोगले प्रकाशन गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार फिक्कल गाउँपालिका दोस्रो स्थानमा रहेको छ । […]








