कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन्। त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’। अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ। शरीरका अङ्ग अचेत छन्। आँखा खुल्दैनन्। कहिले धड्कन अत्यास लाग्नेगरी बढ्छ। कुनै बेला श्वास पनि रोकिएझैँ हुन्छ। त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिञ्जाली मगरको। […]
समाचार
एनसेल फाउन्डेसनद्वारा बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
बैशाख ३० सिन्धुली – जिल्लाको फिक्कल गाउँपालिका ३ स्थित प्रकाशोदय माध्यमिक विधालय खुरहरि खोलागाउँमा अध्यनरत विद्यार्थीलाई मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । एनसेल फाउन्डेसन नेपालको सहयोग तथा फिक्कल गाउँपालिका संगको समन्वयमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा अध्यनरत ३०० जना बिद्यार्थीलाई स्कुल ब्याग […]
दुधौली खोरभन्ज्याङमा कारको ठक्करबाट बालकको मृत्यु
सिन्धुली – दुधौली ८ खोर भञ्ज्याङ स्थित मदन भण्डारि राजमार्गमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान ११:१५ को समयमा मदन भण्डारी राजमार्गमा कटारीबाट डकाहातर्फ आउदै गरेको BAB ०१८८ न. को कारले दुधौली ७ चिहानडाडा बस्ने गंगाराम सदाको छोरा अन्दाजी ९/१० बर्षको मन्देश सदालाई ठक्कर दिएको थियो । कारको ठक्करबाट बालकको बाँया […]
एकैदिन ५०१ महिलाले क्यान्सरको नि:शुल्क स्वास्थ्य परिक्षण गराए
सिन्धुली – सिन्धुली अस्पतालमा शनिबार आयोजित महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिबिरमा ५०१ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् । सिन्धुली अस्पतालसंगको समन्वयमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सिन्धुली अस्पतालमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको स्तन तथा पाठेघरको क्यान्सरबारे परीक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरिएको थियो । […]
सिन्धुली अस्पतालमा पाठेघर, स्तन क्यान्सरको निःशुल्क परीक्षण हुने
१८ बैशाख, सिन्धुली । आउदो बैशाख २० गते (शनिबार) सिन्धुली अस्पतालमा महिला पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ निःशुल्क स्वास्थ्य परीक्षण शिबिर हुने भएको छ । सिन्धुली अस्पतालसंगको समन्वय तथा भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा एक दिने शिबिर संचालन हुन लागेको हो । रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचेतताका लागि यो शिबिर आवश्यक रहेको सिन्धुली […]








