सिन्धुली – हरितालिका तिजको लागी एक मुरि धान कुटेर राखेको चामल हात्तिले खाइदिएपछी पुर्णबहादुर मश्राङ्गीको परिवारलाई अहिले तिज कसरी मनाउने भन्ने चिन्ता थपिएको छ । तिजको लागी जोहो गरेको एकबोरा चामल र पाँच बोरा धान मध्यरातमा आएर घरको एक पाखो नै भत्काइ खाइदिएपछी उनको परिवारलाई तिज कसरी मनाउने भन्ने चिन्ता थपिएको हो । मश्राङ्गीको परिवारमात्रै […]
समाचार
‘जनताको साथमा काङ्ग्रेस’ अभियानबारे सिन्धुलीमा तयारी छलफल सम्पन्न
सिन्धुली : आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लक्षित नेपाली काङ्ग्रेसले घोषणा गरेको ‘जनताको साथमा काङ्ग्रेस’ अभियानको पुर्बतयारी तथा छलफल नेपाली काङ्ग्रेस सिन्धुलीले बिहिबार सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुलीका सभापती उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा ‘जनताको साथमा काङ्ग्रेस’ अभियानका सिन्धुली प्रतिनिधि नेपाल सरकारका निबर्तमान कानुन राज्यमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रीनको […]
कमलामाइ -१३ का अपांग ब्यक्तीहरुलाई नगरपालिकाको सहयोग
सिन्धुली – कमलामाइ नगरपालिका -१३ रानिबासका टेकबहादुर परियार उमेरले उनन्सत्तरी बर्ष पुगे । उमेर छदा जस्तोसुकै घर भित्र र बाहिरको काम गर्न सक्ने परियार केहि बर्ष अघि मेरुदण्डमा समस्या भएर अस्पताल भर्ना भए । उनकै दैनिक ज्याला मजदुरीमा उनको परिवार चल्ने गर्थ्यो । जब उनी बिरामी परे त्यसपछि ज्याला मजदुरी गर्न नसक्ने अबस्थामा घरबाट समेत […]
एकपटक जनताबाट निर्वाचित प्रतिनिधी भएर काम गर्ने चाहाना छ
सिन्धुली – नेपाल सरकारको मन्त्री परिषद बैठकबाट आउदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति तोकिए संगै जिल्लाको दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा उम्मेदवार को बन्ला भन्ने अड्कलबाजी र चर्चा-परिचर्चा हुन शुरु भएको छ । त्यति मात्रै होइन कसले कुन नेताको या समुहको पहुँचमा टिकट लिने भन्ने होडबाजी पनि उत्तिकै छ […]
गत बर्ष सिन्धुलीमा ३७ साना सिँचाइ योजना निर्माण सम्पन्न
सिन्धुली – सिन्धुली जिल्लामा गत आर्थिक वर्षमा ३७ वटा साना सिँचाइ योजना निर्माण सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार गत आव २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत २८ लाख ८० हजार रुपियाँको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती योजना सम्पन्न भएका हुन् । ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा सम्पन्न योजनाबाट तीन सय रोपनी खेतीयोग्य […]








