कांग्रेस सिन्धुलीले ८५ उम्मेदवारको नाम सिफारिस गर्‍यो [नामावली सहित]

सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागी नेपाली कांग्रेस सिन्धुलीले जिल्लाको दुई प्रतिनिधी सभा र चार प्रदेशसभा सदस्यको लागी प्रत्यक्ष र समानुपातिक गरेर ८५ उम्मेदवारको नाम प्रदेश समिती र केन्द्रिय समितीमा सिफारिस गर्ने निर्णय गरेको छ ।

शनिबार जिल्लाको पार्टी कार्यालयमा बसेको कार्यसमिती बैठकले क्षेत्रीय समिती र प्रदेश समितीबाट सिफारिस भएर आएका नाम जस्ताको त्यस्तै र केही सिफारिसमा छुट भएका सम्भाबित उम्मेदवारलाई समेत जिल्ला कार्यसमितीले समेटी बागमती प्रदेश कार्यसमिती र केन्द्रीय कार्यसमितीलाई सिफारिस पठाउने निर्णय भएको जिल्ला सभापती उपेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

जिल्लाको संसदिय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधिसभाको लागी प्रत्यक्षतर्फ ६ र समानुपातिक तर्फ ५ उम्मेदवारको नाम सिफारिस भएको छ । प्रतिनिधी सभाको निर्वाचनका लागी प्रत्यक्षतर्फ नेपाली बर्णानुक्रम अनुसार उज्वलप्रसाद बराल, कृष्णमुरारी गुरुङ, प्रेमचन्द्र दाहाल, प्रेमप्रसाद भट्टराई, मोहनप्रसाद बराल र श्याम कुमार घिमिरेको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ अर्पणा खड्का, उर्मिला कोइराला, बिनोद गुरुङ, सुनन्दा घिमिरे र गङ्गा दाहालको नाम सिफारिस भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस हुनुभएको गङ्गा दाहालको नाम निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (क) को समानुपातिक तर्फ पनि सिफारिस गरिएको छ ।

त्यस्तै जिल्लाको संसदिय निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनीधिसभाको लागी प्रत्यक्षतर्फ ७ र समानुपातिक तर्फ ५ उम्मेदवारको नाम सिफारिस भएको छ । प्रतिनिधी सभाको निर्वाचनका लागी प्रत्यक्षतर्फ नेपाली बर्णानुक्रम अनुसार खड्ग बहादुर वाइबा, जय कुमार ढकाल, डम्बर कार्की, नवराज श्रेष्ठ (आकाश), नरेन्द्रजंग थापा, सुरज मिश्र (शेखर) र विजुला वर्मा राणाको नाम सिफारिस भएको छ ।

प्रतिनिधी सभाको निर्वाचनका लागी प्रत्यक्षतर्फ सिफारिस हुनुभएको बिजुला बर्मा राणाको नाम निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा (क) को प्रत्यक्षतर्फ पनि सिफारिस गरिएको छ । समानुपातिक तर्फ भने कुमारी इन्दिरा पोख्रेल, दीपशिखा शर्मा ढकाल, सुशिला थिङ, सिरीचन चौधरी र टिकाजंग थापाको नाम सिफारिस भएको छ ।

सिन्धुलीको दुई निर्बाचन क्षेत्रभित्र पर्ने चार प्रदेश सभाको पनि उम्मेदवारको नाम सिफारिस प्रक्रिया टुंग्याइएको जिल्ला सभापती पोखरेलले बताउनुभयो । निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) बाट प्रत्यक्ष तर्फ ६ र समानुपातिक तर्फ ११ उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

प्रत्यक्ष तर्फ गोबिन्दप्रसाद पहाडी, शम्भु राउत, दिनेश प्रसाद अधिकारी, युवराज गुरुङ, दिवाकर पौडेल र खिला कुमारी दाहाल (लक्ष्मी) को नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ गङ्गा दाहाल, चेतनारायण अधिकारी दनुवार, रितबहादुर परियार दमाइ, इन्दिरा निरौला, रामप्रसाद अधिकारी दनुवार, अर्जुन कुमार गुरुङ्ग, बिन्दा गौतम, गणेश बहादुर सिलवाल, लालबहादुर थापा, अनन्त कार्की र जित बहादुर माझीको नाम सिफारिस भएको छ ।

त्यस्तै सोहि निर्वाचन क्षेत्रको प्रदेश सभा (ख) को प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ ५ उम्मेदवारको नाम सिफारिस भएको छ । प्रत्यक्ष तर्फ चन्द्रदिप कोइराला, राम कुमार पहाडी, पुष्करराज बराल, बिष्णु बहादुर कार्की (बिग्रह) र टंकबहादुर क्षेत्रीको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ बिश्वनाथ कोइराला, भद्राकुमारी मगर, भवानी अधिकारी, काशीनाथ दाहाल र उत्तरकुमार अधिकारीको नाम सिफारिस भएको छ ।

यता जिल्लाको संसदिय निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (क) को प्रत्यक्ष तर्फ १६ र समानुपातिक तर्फ ८ उम्मेदवारको नाम सिफारिस गरिएको छ । प्रत्यक्ष तर्फ नेपाली बर्णानुक्रम अनुसार असिमजंग थापा, अशोकराज भण्डारी, ओमबिक्रम खत्री, कृष्णप्रसाद दाहाल, कुमार ढकाल, क्षेत्रबहादुर बम्जन, दिपक कुमार घिमिरे, दिपक कुमार पोख्रेल, बिजय कुवर, बिजुला बर्मा राणा, बोधबिक्रम थापा, भुपेन्द्र पौडेल, मनिष ढकाल, माढिक ढकाल, रामप्रसाद आचार्य र श्यामकाजी श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (क) को प्रत्यक्ष तर्फ सिफारिस हुनुभएको छेत्रबहादुर बम्जनको नाम प्रदेश सभा (ख) ले पनि पहिलो नम्बरमा सिफारिस गरेको छ भने कुमार ढकालको पनि प्रदेश सभा (ख) ले प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

त्यस्तै सोही प्रदेश सभा सदस्य समानुपातिक तर्फ कृष्णकुमार श्रेष्ठ, जनक सार्की, नबराज नेपाल, मिनबहादुर श्रेष्ठ, मिलन श्रेष्ठ, बृजमोहन प्रसाद गुप्ता, डम्बर कर्माचार्य, यसोदा कुमारी अधिकारी कोइराला र सरस्वती कुमारी लामाको नाम सिफारिस भएको छ ।

कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र –२ को प्रदेश सभा (ख) बाट भने प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ १० उम्मेदवारको नाम सिफारिस भएको छ । उक्त प्रदेशले पहिलो नम्बरमा सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) बाट पनि सिफारिस भएका छेत्रबहादुर बम्जनलाई पहिलो नम्बरमा सिफारिस गरेको छ । सिफारिस हुनेमा क्रमश क्षेत्रबहादुर बम्जन, बिदुर वाइबा, दोर्जे सिङ्तान, सरोजकुमार मैनाली र कुमार ढकाल रहेका छन ।

त्यस्तै समानुपातिक तर्फ बिबस कुमार वाइबा, दुर्गादेबी सुनुवार, कोकिल अस्तानी मगर, बमबहादुर स्याङ्बा, भुवन सिंह थिङ्ग, तेजबहादुर घिमिरे बि.क, तेजबहादुर वाइबा, डम्बर कर्माचार्य, रजनी मैनाली र इन्द्रजंग राई सिफारिस हुनुभएको छ ।

जिल्ला कार्यसमितीले राय सहितको प्रदेश कार्यसमिती र केन्द्रीय समितीलाई सिफारिस गर्ने बैठकको समापन गर्दै पार्टी सभापती उपेन्द्रकुमार पोखरेलले आफ्नो योग्यता, क्षमता र पार्टिमा गरेको योगदानको स्वमुल्यांकन गर्दै आफू भन्दा बाहेकका उम्मेदवारको कुनै किसिमले आलोचना नगरी एउटै छानोभित्रको परिवार सम्झेर टिकट ल्याउन आग्रह गर्नुभयो ।

टिकट लिने प्रक्रियामा प्रतिष्पर्धा हुनु कुनै नौलो नभएको जनाउदै सभापती पोख्रेलले टिकट आफ्नो पक्षमा परेपछि पार्टिका सबै अग्रज, सहकर्मी एकजुट भएर चुनाबी प्रतिस्पर्धामा जानुपर्ने र जित आफ्नो पोल्टामा पार्नुपर्ने धारणा राख्नुभयो । आन्तरिक पार्टिमा टिकट ल्याउने प्रक्रियामा कुनै असन्तुष्टि हुन सक्ला तर टिकट जो कोहिले लिएपनी आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर बिपक्षी दल संग चुनाबी प्रतिस्पर्धा गर्नुपर्ने र त्यो अभियानमा सबै एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार ११:३१

प्रतिक्रिया दिनुहोस्