सिन्धुली कांग्रेसले एक प्रदेशबाहेक संघ र प्रदेशको सिफारिस टुंग्यायो

सिन्धुली – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुलीकाे दुई प्रतिनिधि सभा क्षेत्र नं. १ र २ साथै चार प्रदेश सभा मध्ये ३ प्रदेशसभाबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस टुंग्याएको छ । चार प्रदेशसभा मध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ (क) को भने नाम सिफारिसमा बिबाद भएपछी आउदो २० गते पुनः बैठक बोलाइएको छ ।

कांग्रेस सिन्धुली क्षेत्र नं.–१ को बैठकले प्रतिनिधी सभाको निर्वाचनका लागी प्रत्यक्षतर्फ नेपाली बर्णानुक्रम अनुसार उज्वलप्रसाद बराल, प्रेमचन्द्र दाहाल, प्रेमप्रसाद भट्टराई, मोहनप्रसाद बराल र श्याम कुमार घिमिरेको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ अर्पणा खड्का, उर्मिला कोइराला, बिनोद गुरुङ र सुनन्दा घिमिरेको नाम सिफारिस गरिएको छ ।

यता कांग्रेस सिन्धुली–१ (ख) को प्रदेश कार्यसमितिकाे बैठकले प्रदेशसभा सदस्य पदको लागी प्रत्यक्षतर्फबाट प्रदेश सभा सभापती समेत रहेका चन्द्रदिप कोइरालालाई पहिलो नम्बरमा सिफारिस गरेको छ भने दोश्रोमा रामकुमार पहाडी र तेस्रोमा पुष्करराज बरालको नाम सिफारिस गरेको छ ।

त्यस्तै, समानुपातिक तर्फ पहिलो नम्बरमा बिश्वनाथ कोइराला, दोश्रोमा भद्राकुमारी मगर, तेस्रोमा भवानी अधिकारी र चौथोमा उत्तरकुमार अधिकारीको नाम सर्बसम्मत सिफारिस भएका हुन ।

यता प्रतिनिधि सभा क्षेत्र नं. २ को बैठकले प्रतिनिधी सभाको निर्वाचनका लागी प्रत्यक्षतर्फ नेपाली बर्णानुक्रम अनुसार खड्ग बहादुर वाइबा, जय कुमार ढकाल, डम्बर कार्की, नवराज श्रेष्ठ (आकाश), नरेन्द्रजंग थापा र विजुला वर्मा सिफारिस भएका छन भने समानुपातिक तर्फ कुमारी इन्दिरा पोख्रेल, दीपाशिखा शर्मा ढकाल, सुशिला थिङ र सीरीचन चौधरीको नाम सिफारिस भएको छ ।

यता कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र –२ (क) को प्रदेश कार्यसमितिकाे बैठकले भने प्रदेशसभा सदस्य पदको लागी प्रत्यक्षतर्फबाट मात्रै १५ उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेपाली बर्णानुक्रम अनुसार असिमजंग थापा, अशोकराज भण्डारी, ओमबिक्रम खत्री, कृष्णप्रसाद दाहाल, कुमार ढकाल, क्षेत्रबहादुर बम्जन, दिपक कुमार घिमिरे, दिपककुमार पोख्रेल, बिजय कुवर, बिजुला बर्मा, बोधबिक्रम थापा, भुपेन्द्र पौडेल, मनिस ढकाल, माढिक ढकाल, रामप्रसाद आचार्य र श्यामकाजी श्रेष्ठको नाम सिफारिस भएको हो ।

त्यस्तै प्रदेश सभा सदस्य समानुपातिक तर्फ कृष्णकुमार श्रेष्ठ, जनक सार्की, नबराज नेपाल, मिनबहादुर श्रेष्ठ, मिलन श्रेष्ठ र बृजमोहन प्रसाद गुप्ताको नाम सिफारिस भएको छ भने महिला तर्फ यसोदा कुमारी अधिकारी कोइरालाको नाम सिफारिस भएको छ ।

कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र –२ (ख) को प्रदेश कार्यसमितिकाे बैठकले प्रदेशसभा सदस्य पदको लागी प्रत्यक्ष तर्फ पहिलो नम्बरमा छेत्रबहादुर बम्जनको नाम सिफारिस गरेको छ । त्यस्तै, दोश्रोमा बिदुर वाइबा, तेस्रोमा दोर्जे सिङ्तान चौथोमा सरोजकुमार मैनाली र पाचौंमा कुमार ढकालको नाम सिफारिस गरेको छ ।

त्यस्तै समानुपातिक तर्फ बिबस कुमार वाइबा पहिलो नम्बरमा सिफारिस भएका छन भने क्रमानुसार दुर्गादेबी सुनुवार, कोकिल अस्तानी मगर, बमबहादुर स्याङ्बा, भुवन सिंह थिङ्ग, तेजबहादुर घिमिरे बि.क, तेजबहादुर वाइबा र इन्द्रजंग राईको नाम सिफारिस भएको छ ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट प्रदेश सभा सदस्य पदको लागी प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस भएका छेत्रबहादुर बम्जन भने क्षेत्र नम्बर–२ को प्रदेश (क) बाट पनि सिफारिस भएका छन ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार १०:२२

प्रतिक्रिया दिनुहोस्