कांग्रेस सिन्धुली क्षेत्र नं. १ (ख) बाट कोइराला पहिलो नं. मा सिफारिस

सिन्धुली — नेपाली कांग्रेस सिन्धुली संसदीय निर्वाचन क्षेत्र नं. १ (ख) को प्रदेश क्षेत्रीय समिति बैठकले बागमती प्रदेश सभा सदस्य पदको लागी प्रदेश सभापती समेत रहेका चन्द्रदिप कोईरालाको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ ।

नेपाली कांग्रेसले कोईरालालाई यहि आउदो मङ्सिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा बागमती प्रदेशसभा सदस्य उम्मेदवार बनाउन पहिलो नम्बरमा नाम सिफारिस गरेको हो ।

पार्टिको १२ औं महाधिबेशनमा सिन्धुली निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सचिब बन्नुभएका कोइराला १३ औं महाधिवेशनमा क्षेत्र नं. १ (ख) को प्रदेश उप-सभापती भइ अहिले प्रदेश सभापती बन्नुभएको हो ।

पछिल्लो समयमा खासगरी आम नागरिकको चाहाना आफ्नो दुःख सुखमा साथ दिने जनप्रतिनिधि, केही काम परेको बेला सहयोग जुटाइदिने र निरन्तर गाउँमै रहेर विकास निर्माणका कार्यमा सहयोग पुर्याइदिने नेतृत्व आबस्यक रहेको छ ।

प्रदेश सभा सदस्यमा १ नम्बरमा सिफारिस भएका कोइरालाले भन्नुभयो, ‘म सधै गाउँमै हुन्छु, गाउँका दुख, पीडा, आबस्यक्ता सबै सङ्ग म परिचित छु, म तिनै दुःख पीडा र आबस्यक्ताको पहरेदार भएर काम गर्न चाहान्छु ।’

कोइरालाले भन्नुभयो म मध्यम परिवारमा हुर्किएको मान्छे हु । मैले लामो समयदेखी नागरिकका भोक, रोग र गरिबीसँग संघर्ष गर्दै आएको छु । मलाई मान्छेको आबस्यक्ता के हो भन्ने राम्रोसँग थाहा छ ।

गाउँ, कुना र कन्दरामा बसिरहेका हाम्रा दाजुभाइ दिदिबहिनीहरुका लागि, युवाका लागि रोजगार, शिक्षा, स्वास्थ्य र सामाजिक परिवर्तन समावेशीकरण र आत्मसम्मानका लागि अबको दिनमा काम गर्ने बाताबरण पार्टीले मलाई दिनेछ भन्नेमा बिश्वास छ उहाँले भन्नुभयो । शान्त स्वभावका कोइराला नागरिकको समस्यामा बढी अग्रसर हुने नागरिकको बुझाई छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार ०४:४४

प्रतिक्रिया दिनुहोस्