पालिकास्तरिय बालभेला सम्पन्न: सात सदस्यीय बाल समिती गठन

सिन्धुली – ‘बालबालिकामा गरौं लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने नाराका साथ सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना गरिएको पालिकास्तरिय बाल भेला सोमबार सम्पन्न भएको छ ।

सामुदायिक बिकास कार्यक्रम सिन्धुलिका अध्यक्ष मिलनकुमार श्रेष्ठको अध्यक्षतामा मरिण गाउँपालिकाकि उपाध्यक्ष संगिता माझीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलाको समापन समारोहमा बोल्दै उपाध्यक्ष संगिता माझीले यस्ता तालिमभेलामा सहभागी बालबालिकाले लिएको ज्ञानलाई परिवारसामु ब्यबहारिक ढंगले पुर्याउनु पर्ने उल्लेख गर्नुभयो ।

बालबिबाह तथा बालहिंसा न्यूनीकरणको लागी सबै नागरिकले स्थानिय सरकार तथा जनप्रतिनिधिको भर नपरी आफ्नो आफ्नो घरबाट आफुले पाएको शिक्षाको उचित सदुपयोग गर्नुपर्नेमा जोड गर्नुभयो ।

उपाध्यक्ष माझिले खराब काम गर्ने ब्यक्ती तथा परिवारलाइ प्रोत्साहन गर्न राजनितिक दललाइ दबाब दिने काम बन्द गरिनुपर्ने बताउदै सामाजिक सद्भाव कायम राख्दै उचित ज्ञान र शिपलाइ ब्यबहारमा उतार्नुपर्ने बताउनुभयो ।

दुईदिनसम्म संचालन भएको सहजिकरण तथा भेलामा बालबालिकाको अधिकार, समाजमा परिबर्तनमा बालबालिकाको भुमिका, हरेक स्थानिय तहको नीति निर्माण प्रक्रियामा बालबालिकाको सहभागिता बिषयमा छलफल गरिएको सहजकर्ता कमला लामाले बताउनुभयो ।

भेलाले सात सदस्यीय पालिकास्तरिय बाल संजाल तदर्थ समिती समेत गठन गरेको छ । नवीन श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिती गठन गरिएको हो । समितिको सचिबमा आयुष्मा गुर्माछान, कोषाध्यक्षमा अनिल घलान र सदस्यहरुमा कुसुम माझी, बिनिता लुङ्गेली, भावना घिसिङ र ज्ञानेन्द्र माझी चयन भएका छन ।

भेलाको समापन गर्दै सामुदायिक बिकास कार्यक्रमका अध्यक्ष मिलनकुमार श्रेष्ठले नबगठित समितिलाई शुभकामना ब्यक्त गर्दै बालबालिकाको हक हितको लागी संस्थाले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । संस्थाले अपांग अशक्त रहेका बालबालिकालाइ शिक्षा ग्रहणका लागी संस्थाको तर्फबाट प्राबिधिक तथा आर्थिक सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १२:४३

प्रतिक्रिया दिनुहोस्