अभिभावक शिक्षाका सुपभाइजरहरुसंग दुई दिने पुनर्ताजगी तालीम सम्पन्न

सिन्धुली – प्रारम्भिक बाल विकाश अभिभावक शिक्षा सम्बन्धि सुपभाइजरहरु संगको २ दिने पुनर्ताजगी तालीम मरिण गाँउपालीकामा सोमवार सम्पन्न भएको छ । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ प्लान इन्टरनेशनल नेपाल र मरिण गाँपालिकाको सहयोगमा ह्याण्डस नेपालद्धारा संचालित ‘बालबालीकाको सपना’ परियोजना मरिण गाँउपालिकामा संचालित परियोजना हो ।

यस परियोजनाले गर्भावस्था देखी ३ बर्ष मुनिका बालबालिकाहरुको अभिभावकहरुलाई प्रारम्भिक बालविकास सम्बन्धि आफ्ना शिशु, बालबालीकाको शारिरिक विकाश, बौदिक विकाश, भाषीक विकाश, संवेगात्मक विकाश र सामाजीक तथा सांस्कृतिक विकाश लगायत उमेर अनुसार वालविकासका सुचक प्राप्तीका लागि उचित स्याहार गर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धि गराउने लक्ष राखेको छ ।

जसअनुरुप उक्त लक्ष समुदाय स्तरमा लागु गर्न र अभिभावक शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाई संचालन गर्नका लागी उक्त तालीमको आयोजना गरीएको हो । प्रारम्भिक बालविकास अभिभावक शिक्षा मार्फत अबिभावकहरुलाई सुपरिभिजन गर्न र छनौट भएका बिद्यालयका बाल विकाश केन्द्रको शिक्षक तथा स्थानीय स्वास्थ्य संस्थाका कर्मचारीहरुको सहभागीतामा उक्त तालीम संचालन गरिएको परियोजनाका कार्यक्रम संयोजक रामानन्द बैठाले वताउनुभयो ।

मानव तथा राष्ट्रिय विकाश समाज (हेण्डस) नेपाल सिन्धुलीको आयोजनामा संचालीत उक्त तालीममा मरिण गाउँपालीकाको १, २, ५ र ७ वडाको १४ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो भने तालीमको सहजीकरण रामानन्द बैठा र रामपुकार साहले गर्नु भएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार १३:५२

प्रतिक्रिया दिनुहोस्