अझै उहीँ अबस्थामा छ बालबालिका माथीको जोखिम

सिन्धुली – प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीबाट संचालित लैङ्गिक रुपान्तरण बाल संरक्षण परियोजनाले पालिका स्तरिय बाल जोखिम तथा खतरा नक्साङ्कनको लागी अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ ।

गोलन्जोर गाउँपालिकाको वडा ५ र ७ मा संचालन भइरहेको परियोजनाले बालबालिकाको क्षेत्रमा भएका घटनाक्रम र सम्भाबित क्षेत्रको नक्साङ्कनका लागी तयारी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

सामुदायिक बिकास कार्यक्रम सिन्धुलीका अध्यक्ष मिलन श्रेष्ठको अध्यक्षतामा गोलन्जोर गाउँपालिका उपाध्यक्ष गङ्गादेवी श्रेष्ठको विशेष उपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको हो ।

पालिकास्तरीय बाल जोखिम तथा खतरा नक्साङ्कनको लागी आयोजना गरिएको अन्तरक्रियामा पालिकास्तरमा बालबालिकाको जोखिम र अबस्थाबारे छलफल गरिएको छ ।

छलफलले पालिकास्तरमा विविध कारणले आफ्ना बाबुआमासंग छुट्टिनुपरेका बालबालिका, कुपोषण भएका बालबालिका, अपांगता भएका बालबालिका, मानसिक रोगी तथा गरिब घरपरिवारका बालबालिका अधिक रहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै सानो उमेरमा आमा बनेका बालबालिका, श्रमिक बालबालिका, स्कुलबाहिर रहेका बालबालिका र बिपत्तको चपेटामा परेका बालबालिकाको संख्या धेरै रहेको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पुर्सोत्तम श्रेष्ठले बताउनुभयो ।

उहाँले बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाले निश्चित समयावधिका लागी काम गर्ने र परियोजनाको समय अबधि सकिएपछि त्यसै छाडिदिने समस्याले समुदायमा बालबालिकाको अबस्थामा सोचेजस्तो सुधार हुन नसकेको बताउनुभयो ।

परियोजना संचालन गर्ने संस्था सामुदायिक बिकास कार्यक्रमका अध्यक्ष मिलन श्रेष्ठले परियोजनाले गरेको काम प्रभाबकारी रहदारहदै पनि यसलाइ निरन्तरता दिन नसक्दा समुदायमा खास परिबर्तन देख्न नसकिएको यथार्थ रहेको उल्लेख गर्नुभयो । सम्भाबित क्षेत्रमा उठेका समस्याको नक्साङ्कनका लागी तयारी छलफलले यसको उचित तथ्यांक संकलन गरेर काम गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार १३:५४

प्रतिक्रिया दिनुहोस्