अभिबावक शिक्षा कार्यक्रम समुदायमा प्रभावकारी बन्दै


सिन्धुली – दुधौली नगरपालिका –३ कि शर्मिला अछामी दुई सन्तानकी आमा हुन । उनको पहिलो सन्तानको रुपमा ५ वर्षको छोरा छ भने दोस्रो सन्तानको रुपमा २० महिनाकी छोरी छिन । शर्मिला उमेरले २४ वर्षकी भईन ।

उनलाई आफ्ना दुई सन्तान हुर्काउन र हेरचाह गर्नेुपर्ने मात्रै छैन घराएसी काम र खेतवारिकाको काम पनि संगै गर्नुपर्ने वाध्यता छ । शर्मिलाले नै घरको चुलोचौको देखी वस्तुभाउ र खेतवारीको काम गर्नुपर्ने छ ।

तर, उनि सवै काम समय मिलाएर भ्याउछिन । २० महिनाको काखको छोरीलाई स्याहार गर्ने देखि लिएर पाँच वर्षको छोरालाई स्कुल पठाउन, खाजा खुवाउन, घरधन्दा, वस्तुभाऊ, मेलापात सवै कुराको लागी समय मिलाएकी छिन शर्मिलाले ।

सवैै बालबालिका अझ भनौंै काखका वालवालिका आफ्नो आमाको काख भन्दा वाहेक अन्त कतै कोहिसंग भुलिन मान्दैनन् । तर उनको २० महिनाको काखको छोरी उनि साथमा नहुँदा पनि घण्टौं एक्लै खेल्दै वस्छिन ।

कारण हो शर्मिलाले एउटा अभिबावक शिक्षाको तालिम लिएकी थिईन । उक्त तालिममा बालवालिकालाई घरमै विभिन्न रंग, आकार र प्रकृतिका खेलौना वनाउन सिकाईएको थियो । शर्मिलाले उसैगरि तालिममा सिकाईए अनुसार घरमै फुर्सदको समयमा बल, झोलुङ्गो तथा खाटमा राख्ने विभिन्न खेलौना वनाईन ।

शर्मिला आजभोली कतै आफ्नो नानिलाई छोडेर घरधन्दा या खेतवारीको काममा निस्किनुप¥यो भने यिनै खेलौना खेल्न दिएर छोरी छोडेर निस्किन्छिन । छोरी पनि मज्जाले आफ्नै तालमा खेलौनासंगै रमाएर खेलेर वस्छिन शर्मिला -भन्छिन् ।”

दुधौली नगरपालिका –३ की संगिता माझीको दुई वर्षको छोरा छ । उनलाई पनि आफ्नो परिवार र खेतवारीमा समय दिन भ्याइनभ्याई छ । उनले चाहेर पनि आफ्नो सन्तानलाई खेलाउन र भुलाउन समय दिन सकिरहेकी छैनन् ।

संगिता माझीलाई उनको वडाको महिला स्वास्थ्य संयसेविका सरश्वती कुमरले सोही अभिबावक शिक्षा तामिममा सहभागी गराईन । उनले उक्त तालिमबाट बालबालिकालाई खेलौना बनाउने शिप सिकिन् ।

त्यतिमात्रै होईन उनले प्रारम्भिक बाल्यावस्थाका निम्ति आवश्यक खाना, स्वास्थ्य, पोषण, सरसफाइ, उत्प्रेरणा, कुराकानी, खेल, खेलौना, स्याहार सुसार, सुरक्षा, संरक्षण सम्बन्धी ज्ञान र सिप समेत सिक्ने र बुझ्ने मौका पाईन ।

सोही वडाकी सुमित्रा माझी स्थानिय चोकटोलकी हुन् । उनको पनि एक वर्षको छोरा छ । उनिलाई पनि घरधन्दा र आफ्नो वच्चालाई समय मिलाउन गाह्रो छ । उनले पनि आफ्नो वच्चा भुलाउनको लागी अभिबावक शिक्षा मार्फत खेलौना बनाउन सिकिन । जुन खेलौना अहिले आफ्नो वच्चालाई भुल्याउनको लागी अत्यन्त उपयोगी सामाग्री भएको छ ।

प्लान ईन्टरनेशन नेपालको सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीबाट संचालित वालवालिकाको सपना परियोजना अहिले सिन्धुलीमा संचालित परियोजना हो । यस परियोजनाले परिवार योजना र व्यवस्थापन, बालक जन्मनुपूर्व, जन्मको बेला र जन्मेपछि गर्ने समग्र क्रियाकलापहरुको बारेमा काम गर्ने गरेको हेण्डस नेपालका अध्यक्ष बासु अधिकारीले वताए ।

अभिबावकका आफ्ना शिशु, बालबालीकाको शारीरिक विकाश, बौदिक तथा भाषीक विकाश, संवेगात्मक विकाश र सामाजीक सास्कृतिक विकाश लगायत उमेर अनुसार वालविकासका सुचक प्राप्तीका लागि उचित स्याहार गर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धि गराउनका लागी समुदाय स्तरमा सुचित गराउने उदेश्यले परियोजना संचालन गरिएको अध्यक्ष अधिकारीले वताए ।

यस्ता परियोजनालाई दिगोपना दिन सकियो भने बालबालिको क्षेत्रमा सकारात्मक परिवर्तन त देखिन्छ नै यसले आम अभिबावक र आफ्ना वालबच्चाको लालनपालन, पोषण तथा बौधिक विकासमा समेत उल्लेख्य उपलव्धि हुने कुरालाई नकार्न सकिदैन ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १७:४४

प्रतिक्रिया दिनुहोस्