कोभिड बिरामिलाई सिड्स नेपालद्वारा अक्सिजन सिलिन्डर सहयोग

सिन्धुली । गैह्रसरकारी संस्था सिड्स नेपाल सिन्धुलीले कोरोना संक्रमितको उपचारको लागी आइतबार अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिती सिन्धुलिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले एक समारोहका बिच सिलिन्डर हस्तान्तरण गर्नुभएको हो ।

कोरोना संक्रमित विरामी जिल्लामा दिनानुदिन बढ्दै गइरहेको र उपचारमा थप जटिलता उत्पन्न हुने अबस्थालाई मध्यनजर गरेर वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको साझेदारीमा एकीकृत पोषण तथा उत्थानशिल जिबिकोपार्जन परियोजना अन्तर्गत सिड्स नेपालले उक्त अक्सिजन सिलिन्डर सहयोग गरेको हो ।

१४ थान भरी अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै सिड्स नेपाल सिन्धुलिका अध्यक्ष दिपक घिमिरेले आबस्यक अनुसार आगामी दिनमा जुनसुकै सहयोग गर्न पनि आफ्नो संस्था तयार रहेको बताउनु भयो ।

७ के.जिको १४ थान सिलिन्डर धरौटीमा लिइएको जनाउदै सिड्स नेपाललाई कोभिडको नियन्त्रण पश्चात् हस्तान्तरित अक्सिजन सिलिन्डरहरु कोभिड संकट व्यवस्थापन समितीले फिर्ता गर्नुपर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार १२:२८

प्रतिक्रिया दिनुहोस्