सिड्स नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

सिन्धुली । गैह्रसरकारी संस्था सिड्स नेपाल सिन्धुलीले कोरोना संक्रमितको उपचार तथा संक्रमण रोकथामको लागी शुक्रबार स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

वर्ल्ड नेवर्सको आर्थिक सहयोगमा सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले जिल्ला कोभिड संकट व्यवस्थापन समिती सिन्धुली, जिल्ला अस्पताल सिन्धुली, कोभिड अस्पताल सिन्धुली, पत्रकार महासंघ सिन्धुली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सहयोग स्वरुप स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

कोभिड अस्पताल क.न.पा -६ को लागी संस्थाले वाटर डिस्पेन्सरी ५ थान, डिस्पोजेवल माक्स ५०० पिस, स्यानिटाइजर १०० एमएलको ५० पिस र अक्सिमिटर ३ पिस सहयोग गरेको छ भने जिल्ला अस्पताल सिन्धुलिको लागी वाटर डिस्पेन्सरी १ थान, डिस्पोजेवल माक्स ५०० पिस, स्यानिटाइजर १०० एमएलको ५० पिस र अक्सिमिटर २ पिस सहयोग गरेको छ ।

त्यस्तै जिल्ला कोभिड संकट व्यवस्थापन समितीको लागी वाटर डिस्पेन्सरी १ थान, डिस्पोजेवल माक्स ५०० पिस, स्यानिटाइजर १०० एमएलको २५ पिस र स्यानिटाइजर ५०० एमएलको ३ पिस स्वास्थ्य सामाग्री समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सहयोगी संस्थाका अध्यक्ष घिमिरेले हस्तान्तरण गरेका हुन ।

सिड्सले नेपाल पत्रकार महासंघलाई समेत कोरोना संक्रमणसंग जुध्दै सुचना प्रवाहको महत्वपुर्ण दायित्व निर्वाह गरिरहेका जिल्ला स्थित विभिन्न संचारगृहमा कार्यरत कृयाशिल पत्रकार तथा संचारकर्मीलाई उपलब्ध हुने गरि डिस्पोजेवल माक्स ५०० पिस र १०० एमएलको स्यानिटाइजर २५ पिस सहयोग गरेको छ ।

यस्तै नेपाली सेनाको लागी डिस्पोजेवल माक्स ५०० पिस र १०० एमएलको स्यानिटाइजर २५ पिस, नेपाल प्रहरिको लागी डिस्पोजेवल माक्स ५०० पिस र १०० एमएलको स्यानिटाइजर २५ पिस, वाटर डिस्पेन्सरी १ थान र सशस्त्र प्रहरिको लागी डिस्पोजेवल माक्स ५०० पिस र १०० एमएलको स्यानिटाइजर २५ पिस, वाटर डिस्पेन्सरी १ थान सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष घिमिरेले जिल्ला कोभिड संकट व्यवस्थापन समितीको गएको २९ गते बसेको बैठकले सिन्धुली जिल्लामा कोभिड नियन्त्रण तथा ब्यबस्थापनको लागी आबश्यक स्वास्थ्य सामाग्री सिड्स नेपाल लगायत राष्ट्रिय तथा अन्तरास्ट्रिय गैह्रसरकारी निकायसँग सहयोगका लागी अनुरोध गर्ने निर्णय गरेबमोजिम उक्त सहयोग सामाग्री उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार ०९:१०

प्रतिक्रिया दिनुहोस्