कोभिडविरूद्धको लडाइँमा जुटेका सहयोगी हातहरू

चार जिल्लाभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित रुपमा उपचार गरिरहेको सिन्धुली जिल्लाले चुनौती संगै प्रशंसा बटुलिरहेको छ ।

कोभिडविरूद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरूले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो । 

राजधानी काठमाडौंलगायतका ठूला सहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र सहयोगी हातहरूको तादात्म्यताले स्थितिलाई सहजै आफ्नो काबुमा हिँडाइरहेको छ ।

केही दिन अघिसम्म अक्सिजन सिलिण्डर, अक्सिजन हाइफ्लो नोजल, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री अभाव हुने देखिएपछि यहाँका सहयोगी हातहरू जुर्मुराएर अघि बढेका छन् । 

विभिन्न सामाजिक सङ्घसंस्था, निजी क्षेत्र, व्यक्तिलगायतका दाताहरूले मन खोलेर अस्पतालहरूमा सहयोग गरिरहेका छन् । उनीहरूले अस्पतालको आवश्यकता अनुसारका स्वास्थ्य सामग्री खरिद गर्दै हस्तान्तरण गरिरहेका छन् ।

यो क्रम निरन्तर चलिरहेको छ । जिल्लामा रहेका विभिन्न सङ्घसंस्थाहरू र अन्य सामाजिक सङ्घसंस्थाहरू यतिखेर कोरोना सङ्क्रमितहरूको उपचारमा सहयोग गर्न तल्लीन बनेका छन् । 

कुनै न कुनै सामाजिक संघसंस्थामा कार्यरत ब्यक्ती या संस्थाले त संस्थागतरुपमा सहयोग गरिरहेकै छन नै र त्यो हामिले देख्दै र सुन्दै आइरहेकै छौ ।

तर कुनै संस्थाबेगर खासगरी युवाहरुको सामुहिक प्रयासमा कोभिडविरूद्धको लडाइँमा सिन्धुलीका युवाहरु एक ठाउमा उभिएका छन ।

युवा समाजसेवी कमलकुमार पोखरेलको संयोजकत्वमा जिल्लाका युवाहरुको सामुहिक प्रयासमा मानव रक्षा सहयोगार्थ अभियान अहिले जिल्लामा संचालनमा छ ।

अभियान बारे बताउदै अभियानका अभियन्ता पोखरेलले हामी आफूहरु जोकोहीले श्रम गरेर कमाएको पैसाको केही अंश कोभिड -१९ को महामारीसंग जुधिरहेका संघसंस्था या प्रभावित परिवार सम्म पु¥याउन र आफ्नै गाँस काटेर पनि पीडितहरुलाई सहयोग गर्न चाहनेहरुको लागी एउटा पुलको काम गर्न यो अभियान संचालन गरिएको उल्लेख गरे ।

करिब ५० जना युवा तथा ब्यबसायीबाट आफ्नो स्वबिबेकले सहयोग रकम जुटिसकेको अभियन्ता पोखरेलले बताए । जुटेको सहयोग रकमबाट क.न.पा -६ शिवनगर स्थित आइसोलेसन भवनमा रेफ्रिजेरेटन अभाव रहेको प्रशासनले गुनासो गरेपछी रु. २४ हजार बराबरको उक्त सामाग्री खरिद गरि सहयोग गरिएको छ यस अभियानका अर्का अभियन्ता दिपेन्द्र बस्नेतले भने ।

अस्पताल संचालक समितिका अध्यक्ष प्रलाद पोखरेलबाट स्वाव संकलनको लागि रेफ्रिजेरेटर अभाव रहेको जानकारी आएकोले जम्मा रकमबाट उक्त सामाग्री खरिद गरि सहयोग गरिएको वस्नेतको भनाई छ । 

त्यस्तै यस अभियानले बिहिबार सिन्धुली कारागारमा रहेका कैदि वन्दीहरुका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अभियानले सानोठुलो स्यान्टाइजर, माक्स, हत धुने साबुन लगाएतको सामाग्री सहयोग गरेको हो ।

मानव रक्षाको लागी सबैको सामुहिक प्रयास अपरिहार्य भएकोले सबै युवा, व्यावसायि, सामाजिक संघसंस्थालाई यो अभियानमा लाग्न र आफुले सकेको सहयोग गर्न अभियानका अभियन्ता कमलकुमार पोखरेलले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ०३:४६

प्रतिक्रिया दिनुहोस्