पत्रकारलाई पत्रकार महासंघ सिन्धुलीद्वारा स्वास्थ्य सामग्री सहयोग

सिन्धुली – नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले मंगलबार जिल्लामा बसेर फ्रन्टलाइनमा काम गर्ने जिल्लाका क्रियाशिल पत्रकारलाइ स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

कोरोना संक्रमणसंग जुध्दैँ सूचना प्रवाहको महत्वपूर्ण दायित्व निर्वाह गरिरहेका पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षालाई मध्यनजर गरेर महासंघले सोमबार र मंगलबार स्वास्थ्य सामाग्री बितरण गरेको हो ।

जिल्लामा संचालित सामुदायिक तथा व्यावसायिक रेडियो, दैनिक तथा साप्ताहिक पत्र-पत्रीका, अनलाइन संचार माध्यम, विभिन्न राष्ट्रिय पत्रपत्रिका तथा टेलिभिजनमा जिल्लाबाट रिपोर्टिङ गर्ने पत्रकार लगायत संचारकर्मीलाइ सामग्री महासंघले सहयोग गरेको हो ।

जिल्लामा बसेर फ्रण्टलाइनमा काम गर्ने पत्रकार तथा संचारकर्मीलाई स्वास्थ्य सुरक्षाको लागी आबस्यक माक्स, सेनिटाइजर र फेसक्याप बितरण गरिएको हो । पत्रकारलाई कोरोनाविरुद्धको लडाइमा उनीहरुको स्वास्थ्य र सुरक्षाका लागी विभिन्न संस्था र अभियानले महासंघलाई सामाग्री सहयोग गरेको थियो ।

जिल्लाका युवाहरुको सहकार्यमा कोरोना संक्रमितको उपचार र संक्रमण रोकथामको लागी कमल पोखरेलको संयोजकत्वमा संचालित मानव रक्षार्थ सहयोग अभियानद्वारा उपलब्ध स्वास्थ्य सामाग्री, कमलामाइ नगरपालिका, जनसेवा सहकारी र सिड्स नेपाल सिन्धुली द्वारा सहयोग स्वास्थ्य सामग्री महासंघले पत्रकारलाई बितरण गरेको हो ।

जोखिम र संक्रमणकालिन अबस्थामा समेत आफ्नो स्वास्थ्यको प्रवाह नगरी पत्रकारिता गरिरहेका जिल्लाका क्रियाशिल संचारकर्मी तथा संचार संस्थालाई आबस्यक स्वास्थ्य सामाग्री सहयोग गर्ने मानव रक्षार्थ सहयोग अभियान लगायत विभिन्न संघसंस्थालाई नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले आभार ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोग र सहकार्यको लागी अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १०:१४

प्रतिक्रिया दिनुहोस्