ब्लड बैंक र जिल्ला अस्पताललाई नेबि संघ सिन्धुलीद्वारा स्वास्थ्य सामाग्री सहयोग

सिन्धुली – नेपाल बिद्यार्थी संघ सिन्धुलीले आइतबार जिल्ला अस्पताल सिन्धुली र रगत संकलन केन्द्रलाइ स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोभिड -१९ को नया भेरिएन्ट संख्या जिल्लामा दिनानुदिन बढिरहेको अबस्थामा जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत स्वास्थ्यकर्मीलाई सेवाप्रवाहमा सहज होस र सुरक्षीत रुपमा काम गर्ने बाताबरण सृजना होस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको नेबि संघ सिन्धुलीका सभापती उत्पल खड्काले बताए ।

जिल्लामा कोरोना संक्रमित लगायत अन्य जुनसुकै बिरामीलाइ जतिसुकै बेला रगतको अभाब हुन सक्ने अबस्थामा ब्लड बैंकमा सबै ग्रुपको रगत स्टक हुनुपर्ने आबस्यक्ता ठानी नेबि संघ सिन्धुलीले रक्तदानको अभियान समेत चलाएको छ ।

रक्तदान प्रक्रियामा समेत कोरोना संक्रमण सर्न सक्ने खतरालाइ मध्यनजर गरेर उक्त संकलन केन्द्रलाइ समेत नेबिसंघले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

स्वास्थ्य सामाग्री नेपाली काङ्ग्रेस सिन्धुलीका सभापती उज्वलप्रसाद बरालले हस्तान्तरण गरेका हुन । बरालले जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेश प्रधानलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

संघले जिल्ला अस्पताल सिन्धुलीलाई स्यानीटाईजर ५५ लि., मास्क २ हजार पिस, डेटोल साबुन १०० पिस, आईसोलेशनमा रहेका बिरामीलाई अध्ययनका लागी ९० थान किताब नेबि संघले सहयोग गरेको छ भने रगत संकलन केन्द्रलाइ स्यानिटाईजर १० लिटर, मास्क ३०० पिस, साबुन ३६ पिस र फ्रुटी २ कार्टुन सहयोग गरेको छ ।

जुनकुनै बिरामिलाइ जतिसुकै बेला रगत दिनुपर्ने अबस्था भएकोले सिन्धुलिमा रहेको ब्लड बैंकमा स्टक ब्लड प्रयाप्त नहुदा रक्तदान गर्न इक्छुक महानुभाबले ब्लड बैंकमा आएर आफुलाइ चेकजाच गरि आफ्नो ब्लड जम्मा गर्नुहुन र बिरामिको उपचारमा सहयोग गरिदिनुहुन नेबिसंघले सबैलाई अपिल समेत गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ०८:१५

प्रतिक्रिया दिनुहोस्