हेण्डस नेपाल सिन्धुलीद्धारा स्वास्थ्य सामाग्री सहयोग

सिन्धुली – मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई आईतवार स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना संक्रमितलाई उपचार गराईरहेका जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरुको लागी स्वास्थ्य सामाग्री सहयोग गरिएको हेण्डस नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीले वताए ।

प्लान ईन्टरनेशनल नेपालको सहयोगमा संचालित वालबालिकाको सपना परियोजनाद्धारा कोरोना संक्रमण रोकथाम तथा उपचारको लागी उक्त सामाग्री सहयोग गरिएको अधिकारिको भनाई छ ।

परियोजनाले डिजिटल थर्ममिटर २०० पिस, पल्स अक्सिमिटर ५० पिस, मेडिकल पिपिई, १५० पिस, फेस सिल्ड १०० पिस, एक्जामिनेशन ह्वाईट लुज ग्लोब्स २ हजार पिस, सर्जिकल माक्स २ हजार पिस, एन नाईन्टि फाईभ मास्क २०० पिस, स्यानिटाईजर १३० पिस, डिस्पोजल क्याप ३५० पिस, सेफ्टी गगल्स २०० पिस र सर्जिकल ग्लोभ्स २ हजार पिस लगाएतको सामाग्री सहयोग गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रद्धारा विषेशगरि बालबालिकाको सपना परियोजना संचालन भईरहेको क्षेत्र कमलामाई नगरपालिका, दुधौली नगरपालिका र मरिण गाँउपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई सामाग्री वितरण गरिने जनाईएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आईतवार १०:३३

प्रतिक्रिया दिनुहोस्