सोमबार सिन्धुलीमा करेन्ट लागेर एक किशोरीको मृत्यु

जेष्ठ २४- सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७ बाँसकटेरी निवासी २१ बर्षिया शान्तीमाया थिङको सोमबार जमिनमा चुहावट भएको करेन्ट लागेर मृत्यु भएको छ ।

घरबाट सदरमुकाम सिन्धुलीमाढी आउदै गर्दा विद्युतको तार चुढिएर जमिनमा खसेको तारबाट करेन्ट लागी थिङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बासकटेरी एरियामा आईतबार बेलुका हावाहुरी आउदा बिजुलीको ११ हजार भोल्टेजको तार चुडिएर भुईमा लत्रिएको र सोही कारण जमिनमा बिद्युत चुहावट भई उक्त घट्ना भएको प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको जिल्ला अस्पताल सिन्धुलीमा पोष्टमाटम भैसकेर आफ्नो संस्कार अनुसार अत्यष्टीका लागी कनपा -७ बासकटेरी लगिएको गोलन्जोर गाउँपालिका -५ का मृतकका आफन्त तेजबहादुर तामाङले बताए । मृतक थिङ हाल सिन्धुली बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा अध्यनरत छात्रा हुन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार १२:२६

प्रतिक्रिया दिनुहोस्