सिन्धुलीमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन (भिडियो सहित)

सिन्धुली — प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको सिन्धुलीमा पुत्ला दहन गरिएको छ । 

बहुराष्ट्र र बहुराज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने महतोले दिएको अभिव्यक्ति र कोरोना महामारीको समयमा बढेको महँगी फिर्ता माग गर्दै प्रधानमन्त्री ओलीको कांग्रेसले सुनकोसी गाउँपालिका झाँगाझोली रातमाटामा पुत्ला दहन गरिएको हो । प्रदर्शनकारीले केही समय बीपी राजमार्गमा चक्का जाम समेत गरेका थिए ।

कोरोना संकटका बेला महँगी बढेको, चुरे उत्खनन् गरी ढुंगा, गिट्टी र बालुवा निकासी गर्न दिने सरकारी निर्णयको विरोध र महतोले मन्त्री भएलगत्तै बहुराष्ट्र र बहुराज्य बनाउने भनी दिएको अभिव्यक्ति प्रति कांग्रेसले आपत्ति जनाएको हो ।

पुत्ला दहन र सडक अवरुद्ध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल भएपनि कुनै अप्रिय घटना नभएको कांग्रेस नेता बोधविक्रम थापाले जानकारी दिए । बीपी राजमार्ग यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार ०२:०३

प्रतिक्रिया दिनुहोस्