स्वास्थ्य स्वयंसेविकालाई हेण्डस नेपालको स्वास्थ्य सामाग्री सहयोग

सिन्धुली – मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले शुक्रवार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य चेकजाच सम्बन्धि सामाग्री सहयोग गरेको छ ।

“घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ प्लान इन्टरनेशनल नेपालको सहयोगमा हेण्डस नेपालद्धारा संचालित ‘बालबालीकाको सपना’ परियोजनाले उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

परियोजनाले कमलामाई नगरपालीका वडा नं. १३ र १४ का ९ जना र दुधौली नगरपालीका वडा नं. ३ र ६ का १८ जना गरी २७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य चेकजाच सम्बन्धि सामाग्री सहयोग गरेको हेण्डस नेपाल सिन्धुलीका बालबालीकाको सपना परियोजनाका परियोजना अधिकृत नबराज श्रेष्ठले वताउनु भयो ।

बालबालीकाको सपना परियोजनाले विषेश गरी बालबालीका र बालविकासका पक्षहरुको विकास गराउन सहयोग गर्ने परियोजना भएकोले वालविकासका सुचक प्राप्तीको मापन गरी थप सहयोग गर्नका लागी बालविकास मापन सामाग्री सहयोग गरीएको हो ।

बालविकास मापन गर्नका लागी सहयोग पुग्ने गरी डिजीटल थर्मोमिटर २७ पिस, ए आर आई टाइमर २७ पिस  र मेडिकल कैचि २७ पिस सामाग्री कमलामाई नगरपालीका र दुधौली नगरपालीकाको २७ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ वितरण गरीएको छ ।

साथै दुधौली नगरपालीका वडा नं ३ निपाने स्वास्थ्य चौकिको सुत्केरी कक्षको लागी वाटर डिष्पेन्सर १ सेट फेटल डप्लर १ पीस र वइटिङ्ग मेसिन १ पीस सामाग्री थप सहयोग गरीएको छ ।

उक्त सामाग्रीहरु सम्बन्धित स्वास्थ्य चौकी अन्तर्गत  महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ हेण्डस नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीद्धरा हस्तान्तरण गरीएको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार १५:१४

प्रतिक्रिया दिनुहोस्