हेण्डस नेपाल सिन्धुलीद्धारा बाल उत्प्रेरणा कक्षा हस्तान्तरण

सिन्धुली । मानब तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले बाल उत्प्रेरणा कक्षाको निर्माण गरी जिल्लाको दुई स्वास्थ्य चौकीको ब्यवस्थापन समितिलाई मंगलबार हतान्तरण गरेको छ ।

कमलामाई नगरपालीका वडा नं. १४ तल्लो रानीवासमा रहेको रानीवास स्वास्थ्य चौकी र दुधौली नगरपालीका वडा नं. ६ हर्षाही स्वास्थ्य चौकीलाइ बाल उत्प्रेरणा कक्षा निर्माण गरी हस्तान्तरण गरेको हो ।

बालबालीकाको दिमागको विकाशको लागी पौष्टिक खाना संगै खेल सामाग्रीको पनी महत्वपुर्ण भुमिका रहने र मानव जीवनकै सबै भन्दा महत्वपुर्ण उमेर गर्भअबस्था देखी ३ वर्षको उमेरमा दिमागको विकाश ८० प्रतिशतले विकाश हुने भएकोले उक्त कक्षा सिकाइको लागी महत्वपूर्ण छ ।

बालबालीकाहरुलाई खेलको माध्यमबाट दिमागको विकाश गराउन र गर्भवती महिला तथा ३ वर्ष मुनीका बालबालीकाको अभिभावकहरु शिशुको स्वास्थ्य जाच गर्न स्वास्थ्य संस्था जाने हुदा गर्भवती महिलालाई आराम गर्न र बालबालीका खेलाउन सहज होस भन्ने उद्देश्यले बाल उत्प्रेरणा कक्षाको स्थापना गरीएको हेण्डस नेपाल सिन्धुलीका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिनु भयो ।

बाल उत्प्रेरणा कक्षामा बाल खेलौना, कोक्रो, वेवी वाकर, विभिन्न पजल आइटम, रोस्कर, एयर एनीमल बल लगाएतका खेल सामाग्रीको साथै भित्ते लेखनको निर्माण गरीएको छ ।

प्लान इन्टरनेशन नेपालको सहयोगमा कमलामाई नगरपालीका र दुधौली नगरपालीकाको समन्वयमा हेण्डस नेपाल सिन्धुलीद्धारा संचालीत बालबालीकाको सपना परियोजना अन्तर्गत उक्त बाल उत्प्रेरणा कक्षा निर्माण गरिएको हो ।

हर्षाही स्वास्थ्य चौकीमा दुधौली नगरपालीका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर घिसिङ्ग र रानीवास स्वास्थ्य चौकीमा कमलामाई नगरपालीका वडा नं. १४ का वडा अध्यक्ष जीतलाल अधिकारीलाई उक्त उत्प्रेरणा कक्षा हस्तान्तरण गरीएको हो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १४:२९

प्रतिक्रिया दिनुहोस्