आगलागी प्रभावित पत्रकारलाई पत्रकार महासंघ बागमतिको सहयोग

सिन्धुली – नेपाल पत्रकार महासंघ बागमती प्रदेशले आगलागी प्रभाबित पत्रकारको परिवारलाइ बिहिबार आर्थिक सहयोग गरेको छ । केही दिन अघि न्युज २४ सिन्धुलीका जिल्ला सम्बादाता राजन परियारको घरमा ग्यास सिलिन्डर लिक भइ आगलागी भएको थियो ।

उक्त आगलागीबाट दैनिक उपभोग्य सामाग्री जलेर पुर्णरुपमा नष्ट भएको थियो । आगलागी प्रभावित परियारको परिवारलाइ प्रदेश समितिले रु २५ हजार नगद र स्वास्थ सामाग्री सहयोग गरेको छ । उक्त सहयोग रकम र सामाग्री बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले आगलागी प्रभावित पत्रकार परियारलाइ हस्तान्तरण गरेका हुन ।

सोही अबसरमा अध्यक्ष देबकोटाले नेपाल पत्रकार महासंघ सिन्धुलीलाई प्रदेश समितिको तर्फबाट केहि थान स्वास्थ्य सामाग्री समेत सहयोग गरेका छन । सहयोग सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष देबकोटाले कोरोनाको महामारिसङ्ग जुध्दै जिल्लामा क्रियाशिल भएर आफ्नो पेशालाई कर्तव्य ठानी काम गरिरहनु भएका सम्पुर्ण संचारकर्मी तथा पत्रकारलाइ बधाइ तथा शुभकामना ब्यक्त गरे ।

जिल्ला स्थित सम्पुर्ण पत्रकारलाइ सुरक्षित भएर आफ्नो कर्म गर्न सुझाउदै देबकोटाले आम संचार र संचारकर्मीको हक हितको लागी प्रदेश समिती जुनसुकै ठाउमा सहयोग र सहकार्य गर्न तयार रहेको बताए ।

यसै अबसरमा पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले गएको निर्बाचनमा प्रदेश समितिमा निर्बाचित अध्यक्ष शिव देबकोटा, सचिब युबराज पुरी, सचिब राजन गाउले र सदस्य अन्जु डिम्दोङलाई खादा लगाइदिएर सम्मान समेत गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १५:२८

प्रतिक्रिया दिनुहोस्