साविकाद्धारा स्वास्थ्य सामाग्री सहयोग

सिन्धुली— गैह्रसरकारी संस्था सामुदायिक विकास कार्यक्रम सिन्धुलीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा साविकाद्धारा संचालित बाल संरक्षण परियोजनाले उक्त सामाग्री सहयोग गरेको हो ।

कोभिड– १९ नियन्त्रण तथा रोकथामका लागी जिल्लाको बिभिन्न पालिकामा संचालित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई विरामि उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरिएको बाल संरक्षण परियोजनाका कार्यक्रम संयोजक जनक विकले बताउनुभयो ।

संस्थाले उपचार प्रयोजनको लागी प्रयोग गरिने पिपिई सेट ३९ थान, थर्मोमिटर गन १५ थान, अक्सिमिटर १२ थान, स्यानिटाईजर ७५ लि., सर्जिकल माक्स २५ प्याकेट, माक्स N95 ५०० थान, ग्लोब्स १२ प्याकेट लगाएत १ लाख ६८ हजार ५ सय ९५ रुपैँया वरावरको स्वास्थ्य सामाग्री सहयोग गरिएको कार्यक्रम संयोजक विकले वताउनुभयो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र सिन्धुलीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई संस्थाका अध्यक्ष मिलन श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाल संरक्षण परियोजना सामुदायिक विकास कार्यक्रम सिन्धुलीद्धारा २०१९ देखि सिन्धुली जिल्लाको ६ वटा पालिकामा संचालनमा छ ।

जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तिनपाटन, मरिण, गोलन्जोर, सुनकोसी गाँउपालिकामा यस परियोजना संचालन भईरहेको छ । यस परियोजनाले विना भेदभाव, त्रास तथा कुनै पनि प्रकारका हिंसा खासगरी बालविवाह, जोखिम र बहिष्कारमा परेका बालबालिको उचित महत्व र हेरचाह गर्ने उदेश्यले समुदायमा काम गरिरहेको छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १०:४२

प्रतिक्रिया दिनुहोस्