३ करोड ३६ लाख लागतमा सिन्धुलिमा आइसोलेशन अस्पताल बन्दै

सिन्धुली । पछिल्लो दुइ सातादेखि (कोभिड–१९) को संक्रमण बढेसँगै आइसोलेसन वेड अभाव हुन थालेपछी सिन्धुलिमा ५० वेडको आइसोलेसन अस्पताल निर्माण कार्य सुरु गरिएको छ ।

जिल्लाको कमलामाई नगरपालिका -६ स्थित शिबनगरमा ३ करोड ३६ लाख रुपैयाँको लागतमा आइसोलेसन अस्पतालको निर्माण कार्य शुरु गरिएको हो ।

बागमती प्रदेशका सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालको सक्रियता तथा सिन्धुली अस्पतालको संयोजनमा तिनसाता भित्र निर्माण सम्पन्न गरिनेगरी अस्पतालको निर्माण कार्य थालिएको हो ।

आईसोलेसन अस्पताल निर्माणमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको ९७ लाख रुपैयाँ सहयोग र जिल्लाका स्थानीय तह, सामाजिक संघसंस्था र सहयोगिसँगको साझेदारिमा अस्पताल निर्माण गरिने बागमती प्रदेश सांसद तथा नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहालले बताए ।

उनका अनुसार “जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जानुका साथै समुदायस्तरमा संक्रमणको जोखिम बढेको कारण आईसोलेसन कक्षको अभावलाई मध्यनजर गरेर अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।”

जिल्लामा पछिल्लो दुईसाता देखी कोरोना भाईरस कोभिड १९ को संक्रमण बढेसँगै सिन्धुली सदरमुकाममा रहेको कमलामाई नगरपालिकाले ९ गतेसम्म लकडाउन गरेको छ ।

त्यसैगरी जिल्लाका केहि स्थानीय तहले केही समयसम्मको लागि सर्ट डाउन कायमै राखेका छन् । जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४४ जना पुगको छ ।

ती मध्ये १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्लामा हाल ४३ वटा आइसोलेसन र ४ सय ९२ वटा क्वारेन्टाईन बेड रहेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १९:२२

प्रतिक्रिया दिनुहोस्