छलफलका लागी बोलाएर प्रहरी निरीक्षकद्वारा निर्घात कुटपिट

सिन्धुली – कपिलाकोट ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील आचार्यले स्थानीय पवन कार्किलाई बुधबार आफ्नै कार्यकक्षमा एक्लै बोलाएर निर्घात रुपमा कुटपिट गरेका छन ।

मरिण गाउँपलिका -६ का पवन कार्की २०६२ साल बैशाख ३० गते देखि नेपाल प्रहरिमा भर्ना भइ हाल प्रहरी हवल्दार दर्जाको रुपमा रामेछाप ईलाका प्रहरी कार्यालय खाडादेबीमा कार्यरत छन । उनी मरिण गाउँपालिका वार्ड नम्बर ६ का स्थानिय हुन ।

उनको र उनको पारिवारिक सदस्यको सोही ठाउमा ३ कट्ठा पाँच धुर क्षेत्रफलमा जग्गा र घर छ । उनको परिवार सोही जग्गा र घर उपभोग गरिरहेका छन । उनको घर र जग्गा रहेको स्थान अगाडि ३५ मिटर मुख रहेको सार्बजनिक जग्ग्गामा शिव मन्दिर र चौतारो छ ।

उक्त मन्दिर र चौतारो हुँदै बर्षौदेखी उनको जग्गा र घर जान सार्बजनिक बाटोको रुपमा प्रयोग हुँदै आएको उक्त बाटो प्रयोग नहुने गरेर मरिण गाउँपलिकाले एउटा समिती बनाएर सार्बजनिक जग्गा वरिपरि वाल निर्माण कार्य शुरु गर्यो ।

अर्जुन कार्की अध्यक्ष रहेको वाल निर्माण समितीले चार मिटरको वाल निर्माण कार्य शुरु गरिसकेपछी सार्बजनिक बाटो हुँदै आफ्नो घर र जग्गामा आउन बाटो नहुने भएपछी स्थानिय पवन कार्किको परिवारले उक्त निर्माण कार्य मंगलबार अबरोध गर्यो ।

अबरोध गरेको निर्माणकार्य बारे छलफल गर्न भन्दै प्रहरी हवल्दारको रुपमा कार्यरत कार्किलाइ इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक सुशील आचार्यले बुधबार बिहान फोन गरेर प्रहरी कार्यालयको आफ्नो कार्यकक्षमा बोलाए । आचार्यले उनलाइ आउन मात्रै भनेन उनलाइ एक्लै आउन समेत सुझाए ।

हवल्दार कार्कि प्रहरी निरीक्षकको आदेश बमोजिम उनी एक्लै प्रहरी कार्यालय गए । एक्लै आउन भनेका कार्की प्रहरी कार्यलय पुग्दा प्रहरी कार्यालयमा भने प्रहरी निरीक्षक मात्रै थिएनन मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, नेकपा माओवादी केन्द्रका पार्टी प्रतिनिधि गोपाल बुढाथोकी, मरिण गाउँपालिका वार्ड नम्बर -६ का अध्यक्ष कार्साङ्ग लामा, वडा सदस्य हर्क माझी, वाल निर्माण समितिका अध्यक्ष अर्जुन कार्की लगायतको समुह पनि त्यही थियो ।

कार्कीलाई उक्त इलाका प्रहरी कार्यालयमा बोलाइ प्रहरी निरीक्षक आचार्यले निर्माण कार्य किन अबरोध गरेको भन्दै सोधपुछ गरियो । कार्किले त्यस स्थानमा आफ्नो मात्रै जग्गा नभएको तिनजनाको जग्गा भएको त्यस्मा पनि बर्षौदेखी सार्बजनिक जग्गा उपभोग गरिरहेकोले अहिले उक्त जग्गा र घरमा जानै नमिल्ने गरि पालिकाले वाल उठाउने काम गरेको र बाटो अबरोध गरेको भन्दै बाटो खुलाउनुपर्ने माग गर्दै निर्माण कार्य अबरोध गरेको बताए ।

उक्त माग भनिरहदा प्रहरी निरिक्षक आचार्यले आफ्नो कुर्चीबाट उठि सिपाहिमा जागिर खाएर इन्सपेक्टरले भनेको नमान्ने भन्दै तथानाम गाली गर्दै कार्कीको दाहिले गालामा बेस्सरी हिर्काएको स्थानिय कार्किले बताए ।

सर वाल उठाएपछी म मेरो घर र जग्गामा कहाँबाट जानू ? मैले न्याए पाउदिन त ? नेपालको कानुनले यहि भन्छ त भनेर भन्दै गर्दा उल्टै निरीक्षक आचार्यले मलाइ कानुन सिकाउने भन्दै अर्को पट्टि गालामा कानको जाली नै फुट्ने गरि हिर्काएको कार्की बताउछन ।

जस्तोसुकै अपराधमा संलग्नलाइ त प्रहरी प्रमुखको कार्यकक्षमा त्यसरी बोलाएर निर्घात कुटपिट गर्न पाइदैन भने म त्यही संगठनमा आबद्द भएको प्रहरिलाइ जनप्रतिनिधिकै अगाडि निर्घात कुटपिट गरिन्छ भने मैले कानुनी उपचार पाउछु कि पाउदिन भन्दै संचार माध्यममा आएको कार्किले गुनासो पोखे ।

कार्यकक्षमै एक्लै आउनु भनेर कुटपिट गरेको बारे प्रहरी निरीक्षक आचार्य संग बुझ्दा उनले अंकपत्रसंग भने, ‘प्रहरी संगठनमा आफ्नै अनुशासन छ, आगो त नठोसी बल्दैन एसो कुरा मिलाउन खोजेको मात्रै हो’ । त्यस्तो हङ्गामा हुने केही भएको छैन अनुशासन सिकाएको हो उनले भने ।’

न्याएको लागी आफू आदलती प्रक्रियामा जाने जनाउदै कार्किले सार्बजनिक जग्गा र बाटोको बिबादमा स्थानिय तहमा जनप्रतिनिधि हुँदाहुँदै प्रहरी प्रमुखले आफ्नो संगठनमा आबद्द रहेकै आधारमा एक्लै बोलाएर कुटपिट गर्नु गैह्रकानुनी रहेको जनाउदै उनलाइ कानुनी कारबाही हुनुपर्ने बताए ।

साथै बर्षौदेखी भोगचलन गर्दै आएको सार्बजनिक जग्गा आफुले भोगचलन गर्न पाउनु पर्ने र आफ्नो घर र जग्गामा जाने आउने बाटो यथावत रहनुपर्ने माग गर्दै कार्किले जनप्रतिनिधिको रोहबरमा प्रहरिको दमन बन्द हुनुपर्ने भन्दै उनलाइ कानुनि कारबाहि हुनुपर्ने माग गरे ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार १५:०४

प्रतिक्रिया दिनुहोस्