सिन्धुली – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरु नेपाल बिद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियन, अखिल छैठौंले सयुक्त रुपमा सिन्धुलीमाढीमा सिट्ठि जुलुस प्रदर्शन गरेका छन ।
प्रधानमन्त्री के.पी.शर्मा ओलीद्वारा असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी तवरले प्रतिनिधिसभा विघटन गरिएको, सर्वसाधारण जनताको ढाड सेक्ने गरि मूल्यवृद्धि गरिएको भन्दै रुष्ट भएका विद्यार्थीहरुले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा प्रदर्शन गरेका हुन ।
युवा विद्यार्थीहरु सिन्धुली सदरमुकामको लोकतान्त्रिक चौकबाट सिट्ठि र संख बोकेर के.पी.ओली मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, प्रतिनिधिसभा विघटन खारेज गर, मूल्यवृद्धि नियन्त्रण गर जस्ता नारा लगाउँदै सिन्धुलिको दुई नम्बर बजार पुगेर पुनः लोकतान्त्रिक चोकमा आइ कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई समापन गर्दै नेपाल बिद्यार्थी संघका सभापती उत्पल खड्काले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सरकारको विरोधमा सबै बिद्यार्थी संगठन एकठाउमा उभिएको बताए ।खड्काले सरकारले अधिनायकवादी र स्वेच्छाचारी ढंगले शासन चलाएको भन्दै संसद् पुनर्स्थापनाको माग समेत गरे ।