यस्तो छ शेरबहादुर देउवाको बिगत टाइमलाइन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौँ पटक मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । त्यसै अनुरुप राष्ट्रपति विद्यादेवी भण्‍डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरिन् ।  

यस्तो छ देउवाको विगतको टाइमलाइन  

२०७८ असार २९ ः पाँचौँ पटक प्रधानमन्त्री 
२०७४ जेठ २३ मा : चौथो पटक प्रधानमन्त्री
२०७३ : कांग्रेस संसदीय दलको नेता 
२०७२ : कांग्रेस सभापति 
२०६४ : कांग्रेस एकीकरणपछि वरिष्ठ नेता 
२०६१ जेठ २० : तेस्रो पटक प्रधानमन्त्री, 
(नौ महिनामा नै ज्ञानेन्द्रले बर्खास्त)
२०५९ असार : कांग्रेस प्रजातान्त्रिक गठन र सभापति 
२०५९ असोज १८ : राजा ज्ञानेन्द्रद्वारा असक्षम घोषित गरी प्रधानमन्त्रीबाट वर्खास्त 
२०५८ साउन ७ : दोश्रो पटक प्रधानमन्त्री 
२०५६ : विद्रोही माओवादीसँग वार्ता निम्ति उच्चस्तरीय कमिटिको सभापति 
२०५२ भदौ २६ : पहिलो पटक प्रधानमन्त्री 
२०५१ : संसदीय दलको नेता 
२०४८ : कांग्रेस सरकारमा गृहमन्त्री 
२०४८ : डडेलधुराबाट सांसद निर्वाचित 
२०२७ : नेविसंघको संस्थापक सदस्य 
२०२२ : कांग्रेसमा आवद्ध 
जन्म : २००३ जेठ ३१ 
असिग्राम रुवाखोला, गन्यापधुरा गाउँपालिका–१ डडेल्धुरा 

प्रकाशित मिति : २९ असार २०७८, मंगलवार ११:५७

प्रतिक्रिया दिनुहोस्